सकरात्मक युवा विकास र हाम्रो प्रयत्न

May 5, 2015 at 9:18 am

Shiv



शिवप्रसाद शर्मा
युवा शक्ति राष्ट्रको अमूल्य सम्पत्ति हो । युवाहरू आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक रूपान्तरणका अग्रदूत तथा परिवर्तनका संवाहक शक्ति हुन् । मनमा जोश,उमङ्ग, ज्ञान, सिप, साहस र सामथ्र्यले युवा वर्ग वर्तमानमा विकासको साझेदारको रुपमा जिम्मेवारी वहन गर्न क्षमता राख्दछ । सिर्जनशीलता, सिक्ने क्षमता एवं उच्च आत्मविश्वासका कारण यो वर्ग राष्ट्रको प्रमुख धरोहरको रूपमा रहेको हुन्छ जसलाई राष्ट्र निर्माणमा प्रमुख शक्तिका रुपमा समेत परिचालन गर्न सकिन्छ । युवा वर्गको विकास र विकास क्षेत्रमा सकरात्मक युवा पुस्ताको निमार्ण विना राष्ट्रको दिगो विकास योजना अगाडी वढ्न सक्दैन । सकरात्मक युवा विकास राष्ट्रिय देखी स्थानिय समुदाय तह सम्म युवा मैत्री वातावरण र युवा सहभागितात्मक विकास प्रक्रियासँग सम्वन्धीत छ । यो सत्य वुझ्न, स्थापित हुन र सो अनुरुप परिवर्तन हुन समय लाग्ने अवस्था सम्म राष्ट्रिय विकासको अभियान पछाडी परिरहने छ । विश्वका विकसित राष्ट्रको विगतलाई हेर्ने हो भने राजनीतिक परिवर्तन पछि राष्ट्रिय गुरुयोजना तयार परी युवा नेतृत्वलाई जिम्मा लगाइएको अवस्था छ । युवाको नेतृत्वमा राष्ट्रको विकास भएको छ । उदारहण लागी दक्षिण कोरिया, थाइल्याण्ड, फिलिपिन्स, भारत, चिन, मलेसिया आदी लिन सकिन्छ । विश्वका अमेरिका, क्यानडा, अष्ट्रेलिया तथा विभिन्न युरोपीय राष्ट्रहरुमा सकरात्मक युवा विकास राज्यको एक महत्वपूर्ण दायित्वको रुपमा स्थापति भइसकेको पाउन सकिन्छ तर हाम्रो जस्तो विकासोन्मुख, शक्ति र शक्ताको अभ्यासमै बाटो विराएको राजैनीतिक अस्थीरता भएको राष्ट्रमा विकासका अभियानहरु दिगोपन गराउने सुचकाङ्कहरुमा राज्य संचालकहरु को इच्छाशक्ति जाग्नु धेरै टाढाको कुरा रहेको छ । अझै विकास अभियान निति तथा योजना तर्जुमामा राजधानी केन्द्रित सोच एक पद्दती र संस्कार बनेर रहेको हाम्रो राष्ट्रमा अन्य विकासका प्राथमिकताहरुलाई छाडेर राजधानीबाट निकै टाढाका दुर दाराजमोफसलमा युवाको विकासका क्षेत्रमा ध्यान पुग्ने कुरा पक्कै पनि चुनौतिपूर्ण रहेको छ ।

वर्तमान सन्दर्भमा नेपालमा युवा वर्गको सवाल त्यती धेरै मात्रामा नसुनीने, नसुनाइने र निति निर्माता वर्गमा त्यती रुचिकर नरहेको विषय वस्तुका रुपमा लिन सकिन्छ । समग्र नेपाली जनसंख्या मध्य पूर्णतया जोखिममा परेको वर्गको रुपमा युवा वर्ग नै हो । मुलुकको राजनैतिक, सामाजिक, आर्थीक तथा अन्य सवालमा शसक्त भुमिका खेल्ने युवा वर्ग वास्तवमा आफ्नै विकास र भुमिकाका क्षेत्रमा पछि पारिएका छन् र वेवास्तामा परेका छन् । आजभोली राजधानी केन्दीत थुप्रै युवा संघ संस्थाहरु ले ‘Youth Bias Youth Advocacy’ को सिद्धान्तमा आधारित भएर कार्यक्रमहरु गर्नुका साथै विकासमा युवाको सक्रिय सहभागीता, निति निर्माणको तहमा युवाको भुमिका र नेतृत्वको हरेक तह र तप्कामा युवा नेतृत्वको स्थापीत हुनु पर्ने पक्षमा वकालत गरिरहेका छन् । तथापी पर्वत जस्तो राजधानीबाट टाढा र मोफसलमा रहेको क्षेत्रमा युवा वर्गको मुद्धा, चासो र चिन्तन आम नागरिक समाजको क्षेत्रमा समेत रुची जगाउन नसकिइरहे विषयको रुपमा रहेको छ ।

नेपालमा १० वर्ष लामो हिंसात्मक द्धन्द अनि शान्तीपूर्ण राजनैतिक परिवर्तन पश्चात संविधान सभा मार्फत नयाँ संविधान र दिगो शान्तीको प्रत्याभुतीद्धारा सामाजिक तथा आर्थीक विकासको अवसर प्राप्त हुनेछ भन्ने जनविश्वासका विच संविधान निमार्णको दिन गन्तीहरु सँगै संक्रमणकाल लम्वीँदै जाँदा युवा वर्गमा निराशा, हतोत्साह तनावको कारण बनिरहेको छ । एकातिर राज्यले युवा वर्गको हितमा निति निर्माण र कार्यक्रम तय गरि युवा शक्ति जोश र जाँगर लाई राष्ट्र निमार्णको महत्वपूर्ण क्षेत्रमा लगाई उत्पादनशिलता हाँसिल गर्न सकिरहेको छैन भने अर्का तर्फ वढ्दो युवा शक्तिको पलायनलाई रोक्नुको सट्टा वैदेशिक रोजगारीका लागी पररष्ट्र सम्झौता गर्दै हिड्नु पर्ने नियतीको धारतलमा हाम्रो राज्य सरकार उभिइरहेको छ । आज राज्यको निति निर्माण गर्ने जवाफदेही राज्नैतिक इच्छा शक्तिको अभावमा युवा वर्ग कुहिरोको काग जस्ता भएका छन् । निरुपाय युवाहरु विभिन्न देशका निम्न स्तरका श्रमीक पदमा श्रम वेच्न वाध्य भएका छन् । कमसे कम राज्यको नियती नै मुलुकका युवा वर्गलाई विदेशमा श्रम वेच्न निकासी गर्ने भुमिका बाट अगाडी बढ्न नसक्ने हो भने पनि सो क्षेत्रलाई अलि व्यापक वनाउँदै श्रम र सिप युक्त जनशक्तिका रुपमा युवालाई वैदेशिक रोजगारीमा पठाउँदा हुने उत्पादनशिलता र आम्दानी वढी हुन सक्दछ । युवालाई विदेशमा श्रम व्यापार गर्ने वाध्यतामा राज्यको प्रयासले सहि सहजीकरण मात्रले पनि स्थितीमा थुपै्र परिवर्तन ल्याउन सक्दछ । चलन चलतीको कोरा ज्ञान युक्त शिक्षा पद्दतीमा परिमार्जन गरेर श्रमवजार सुहाउँदो सर्वसुलभ व्यवहारीक ज्ञान र सिप युक्त प्राविधिक शिक्षा सहितको पाठ्यक्रमलाई अनिवार्य गर्न समेत राज्यले सकिरहेको छैन । प्रविधिक शिक्षालाई ऐच्छीक विषयका रुपमा कता कती देखाएर सो शिक्षा पद्दतीमा कमाइ धन्दा गर्नेहरुलाई मार्ग प्रसस्त गर्ने कार्यमा राज्यका जिम्मेवार अधिकारी र निकाय लाग्दा परिवर्तनको आशा निकै ढिला भइसकेको छ । समय र लगानी खेरै गइरहेको छ । सरसर्ती राज्य भित्रका प्रयासहरुमा हेर्दा देशमा युवा मैत्री विकासको प्रयास र अवस्था शुुन्य प्राय देखिन्छ । राष्ट्रय युवा निति २०६६ आएको ५ वर्ष पुरा भएको छ । यो नीति लागू गर्न र युवा क्षेत्रमा राज्यका प्रयासहरु दिगो गर्नका निम्ती प्रसस्त समयावधि हो । युवा निति लागु भए पछि झिनो पाराले विभिन्न विधामा युवा वर्ग लक्षीत कार्यक्रको सुरुवात भएको पनि देखिन्छ । तर अधिकांश युवा लक्षीत भनेर ल्याइएका कार्यक्रममा समेत कि त गैर युवा वर्गको हालीमुहाली हुँदा समेत नियमक निकायको ध्यान पुग्दैन कि त शक्तासिन राजनैतिक दलले सिधा सिधा आफ्ना सिमीत कार्यकर्ता पाल्ने उद्देश्यले सो कार्यक्रम ल्याएका हुन्छन जसले आम युवा वर्गमा अपनत्व हुने गरि प्रभावकारीता दिन सक्दैनन् । त्यसैले युवाका नामामा यदा कदा हुने गरेका यि प्रयासहरुको कार्यान्वयन पक्ष के कस्तो रुपमा कति प्रभावकारी रहयो समिक्षाको विषय हुनु पर्छ । यती प्रयासले मात्रै राज्यको विकासको प्रमुख संवाहक शक्तिका उपर राज्यको दायित्व पुरा भयो कि भएन ? यस प्रश्नको उत्तर राज्यमा भइरहेका यावत विकासका प्रयासहरुमा दिगोपना र भावि पुस्ताले अपनत्व प्रकट गर्ने अवस्थाको स्तरको मापन कसी समेत हो ।
२४ वर्षको पुस्तान्तर हुने गरि १६ देखी ४० वर्ष उमेर समुहलाई एकै डालोमा राखेर युवाको परिभाषा गरेको युवा निति आफैमा एक औपचारिका मात्र हो भन्ने पनि पुष्टि हुन्छ । तै पनि १६ देखी ४० वर्ष उमेर समुहको युवा वर्ग अवसर पाएमा उत्पादनशिलता र विकासका महत्वपूर्ण क्षेत्रमा योगदान गर्न सक्ने उमेर समुह भने हो । नेपालमा १६–४० वर्ष उमेर समूहको जनसंख्या कूल जनसंख्याको ३८.८५ % रहेको छ । नेपालबाट दैनिक सरदर एक हजारको संख्यामा युवा वैदेशिक रोजगारको लागी बाहिरीने गर्दछन भने सोही अनुपातमा पर्वत जिल्लामा पनि सरदर १२ जना युवाले वैदेशिक रोजगारी प्रयोजनका लागी राहदानी फारम भर्ने गर्दछन् । पर्वत जिल्लामा वि.सं २०६८ को जनगणना तथ्याङ्क अनुसार पेशागत परिवार संख्या कृषि पेशामा आश्रीत ५१ % व्यापारमा ६% नोकरीमा २०% वैदेशीक रोजगारमा १२% ज्यालादारी ११% रहेकोमासो तथ्याङ्कमा यो अवधि सम्म दिगो आर्थिक व्यवस्थाको दृष्टिकोणबाट निकै नकरात्मक परिवर्तन आइसकेको अनुमान मात्रै गर्न सकिन्छ । राज्यले निति निर्माण र कार्यक्रमवाट कति मात्रामा यस वर्गलाई सम्वोधन गर्न सक्यो र यस वर्गको राष्ट्रिय आयमा कति प्रतिशत योगदान हुने अवस्थाको सृजना हुन सकेको छ त्यो खोजीको विषय हो । गुणात्मक र सङ्ख्यात्मक दुवै दृष्टिले युवावर्ग राष्ट्रको मेरूदण्ड भएकोले युवाहरूको सर्वाङ्गीण विकास गरी उनीहरूको क्षमतालाई राष्ट्रिय विकासको मूलधारमा ल्याउनु जरूरी भएको कुरा राष्ट्रिय युवा निति २०६६ ले पनि स्पष्ट पारेको छ । युवा नितिले निर्देशीत गरे अनुरुप राज्यका कुन कुन क्षेत्रमा कतिमात्रामा युवा मैत्री विकासका प्रयास भएका छन ? कति व्यवहारीक प्रयासहरु रहे ? कति कागजी रुपमा रहे सो को स्पष्ट लेखा जोखा हुनु जरुरी रहेको छ ।
स्पष्ट आवश्यकता र प्रयास विचको भिन्नता तथा साधन स्रोतको प्रचुरताले दिएको संभावना र व्यवहारीक उपयोग विचको भिन्नता पत्ता नलाग्दा सम्म कुनै ठोस विषय क्षेत्रमा विकासको अवस्था के रहेको छ भनेर किटान गर्न सकिँदैन । समग्र रुपमा युवावर्गका लागी राज्यले के दियो । युवाले राज्यका लागी के कती योगदान दिन सक्ने सामथ्र्य राख्छन यो विषयमा स्पिष्ट निक्र्यौल हुन जरुरी रहेको छ । समग्र युवा क्षेत्रको विकासका लागी भएका प्रयास के कती सफल? के कती नपुग ? र कुन कुन क्षेत्रमा ध्यान र पहल वढाउन सकेमा विकासको लक्ष्य हाँसिल गर्नमा सहजता रहला ? भन्ने सम्मको सिमारेखा स्पष्ट पर्नु पर्ने छ । आगामी दिनमा विकासको दिगो रुपमा संचालन तथा संरक्षणका लागी समेत विकास अभियानलाई सकरात्मक रुपमा ग्रहण गर्न सक्ने युवा पुस्ता र विकासका प्रक्रियामा साथसाथै सहभागी र सहकार्य गर्न सक्ने युवा मैत्री वातावरण निर्माणका लागी आम विकास प्रेमी मनहरु र नागरिक वुद्धिजीवीहरु ले हरेक सोचाई, योजना र कार्यान्वयनमा युवा पक्षीय धारणा विकास गर्न जरुरी रहेको छ ।

Advertisements

Entry filed under: Funny.

Nepal Tourism Year 2011 युवा नजरमा प्रस्तावित मस्यौदा


Our Storage

Day Count-Down

May 2015
S M T W T F S
« Dec   Jul »
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  

Enter your email address to subscribe to this blog and receive notifications of new posts by email.

Join 2 other followers

Blog Stats

  • 1,632 hits

Top Clicks

  • None

%d bloggers like this: