प्याराग्लाईडिङ्ग दुर्घटनामा विदेशी नागरिकको मृत्यु

December 2, 2010 at 8:53 am

सराङकोटबाट उडेका उनी सराङकोट गाविस वडा नं – ८ स्थित पधेलीखोर भन्ने ठाँउमा प्याराग्लाईडिङ्गसँगै अपरान्ह एक बजेर ४५ मिनेट जाँदा एउटा रुखमा खसेका थिए । रुखमा खसेका उनको त्यही मृत्यु भएको थियो । ७० वर्षिय क्वानले सराङकोटबाट प्याराग्लाईडिङ्ग उडान भर्न नागरिक उड्ययन कार्यालय पोखराबाट अनुमति लिएका थिएनन् । प्याराग्लाइडिङमा चढ्दा कम्मर र खुट्टामा हार्नेस नबाँधेका कारण उनी ग्लाइडरबाट अलग्एिको र खसेर रुखमा अड्किएको प्रत्यक्षदर्शीले जनाएका छन् ।
पासपोर्ट नम्बर ए २०००१७९४० का एमक्वेट एक महिनादेखि खहरेस्थित एक घरमा बस्दै आएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता प्रहरी निरिक्षक प्रेमबहादुर बस्नेतले बताए । उनी आफ्नै ग्लाइडरबाट उडान भर्दै आएका थिए ।
नेपाल भ्रमण वर्ष सन् २०११ नजिकिदै गर्दा विदेशी नागरिकले नेपालमा आएर अवैधानिक काम गर्दा यहाँको पर्यटन व्यवसायलाई त नकरात्मक असर पर्छ नै सबैभन्दा बढी असर प्याराग्लाडिङ्ग व्यवसायीलाई परेको छ ।
कुनै पनि प्याराग्लाईडिङ्ग पाईलटले उडान भर्नका लागि नागरिक उड्ययन कार्यलयबाट अनुमति लिनु अनिवार्य भए पनि पेङक्वानले अनुमति लिएका थिएनन् । विश्वको उत्कृष्ट स्पट मध्येमा पर्ने पोखराको सराङकोट आसपासमा प्याराग्लाईडिङ्ग दुर्घटना भएर मर्नेको संख्या क्वानसँगै चार पुगेको छ । मृतक क्वानको शव पोष्टमार्टमका लागि पोखराको क्षेत्रीय अस्पताल गण्डकी अस्पतालमा राखिएको छ ।
केही हप्ता अघि पोखराको लामाचौरमा एक्रोब्याट्स गर्दै गर्दा एक जना विदेशी नागरिकको ज्यान गयो । एक प्याराग्लाईडिङ्ग व्यवसायीका अनुसार उनले जानी जानी हाम फालेका थिए । ती व्यक्तिले समेत नेपालको कानुन उलङ्घन गरि अनुमति बेगर प्याराग्लाईडिङ्ग उडान गरेका थिए ।
यस्तै गत वर्ष एक जर्मन नागरिक प्याराग्लाईडिङ्ग गर्दै गर्दा फेवातालमा खसेर ज्यान गुमाए । त्यही वर्ष रसियाका अर्का नागरिकले प्याराग्लाईडिङ्ग गर्दै गर्दा कास्कीको ढिकी डाँडामा दुर्घटनाग्रस्त भएपछि ज्यान गुमाउन पुगे । केही दिन अघि मात्रै एक जना स्वीस नागरिक प्याराग्लाईडिङ्ग गर्दै गर्दा फेवातालमा खसेपछि हाल उनको चरक अस्प्तालमा उपचार भईरहेको छ को ज्यान गयो । यसैगरी गत आइतबार मात्र फेवातालमाथि प्याराग्लाइडिङ् गर्दा दुर्घटनामा परी स्विस पर्यटक ४९ वर्षीय डुनोईट रोचाक घाइते भएका थिए ।
प्याराग्लाडिङ्गलाई पोखराको सराङ्गकोटबाट उडाइने साहसी खेलका रुपमा लिइएको छ । प्याराग्लाडिङ्ग गर्नकै लागि भनेर त्यहाँ वर्षेनी थुप्रै पर्यटकहरु भित्रीने गरेका छन् । सराङकोटको डाँडादेखि प्याराग्लाईडिङ्गमा हावामा कावा खाँदै फेवातालको छेउ खहरेमा ओर्लदाको बेग्लै मज्जा हुन्छ । तर, पछिल्लो सयम यस्ता दुर्घटनाले गलत सन्देश जाने व्यवसायीको भनाई छ । अन्नपूर्ण प्याराग्लाडिङ्ग कम्पनीका प्रबन्ध निर्देशक वसन्त दवाडीले व्यावसायिक रुपमा उडेडका टेण्डम(दुई जना उड्न मिल्ने) फलाईटको दुर्घटना अहिलेसम्म नभएको बताए । पोखरा पर्यटन परिषद्का महासचिव समेत रहेका दवाडीले विदेशी नागरिकले अवैधानिक रुपमा सोलो(एक्लै उड्ने) फलाईट गर्ने र नेपालका सामन्य नियम समेत पालना नगरेकोले यस्ता किसीमका दुर्घटना हुने गरेको दावी गरे ।
‘विदेशी आफ्नो तालमा आउँछन्, अनुमति पनि लिदैनन् मनपरि तालमा उड्छन्’उनले भने‘यहाँ आईसकेपछि सम्बन्धित निकायबाट अनुमति लिने,यहाँको नियम कानुन पालनान गरिदिने हो भने यस्ता दुर्घटना हुँदैनन्, आफ्नो तालमा उड्ने अनि पूर्ण रुपमा लापरबाही गरेर मात्रै यस्ता दुर्घटना भएका हुन् ।’
प्रबन्ध निर्देशक दवाडीले पोखराका सम्पूर्ण प्याराग्लाईडिङ्ग कम्पनीहरुले उडान भर्दा अपनाउनुपर्ने सुरक्षाका उपायादेखि लिएर पालना गर्नुपर्ने नियमहरु लेखेरै टाँस गरेको भए पनि अवैधानिक रुपमा उड्नेहरुले त्यतातिर ध्यान नदिने बताए ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष टिकाराम सापकोटाले प्याराग्लाईडिङ्ग उडान सम्बन्धी अनुगमन गर्ने निकायले ध्यान नदिएको र सराङकोट मात्रै उड्ने अनुमति दिईएकोले गर्दा पनि यस्ता दुर्घटना भएको हुन सक्ने बताउँछन् । ‘ प्याराग्लाईडिङ्ग उडानबारे अनुगमन गर्ने निकाय छैन भन्दा पनि हुन्छ’उनले भने‘अब यतातिर ध्यान दिन जरुरी छ, नत्र यसले नकरात्मक सन्देश दिन्छ ।’
अवैधानिक रुपमा प्याराग्लाईडिङ्ग गर्दा पाईलटहरु जोखिममा त परेका छन् नै राजश्व समेत छली गरेका छन् । सराङ्कोटबाट सोलो प्याराग्लाईडिङ्ग गर्ने अधिकांश विदेशी नागरिकले अवैधानिक रुपमा उडेको र राजश्व छली गर्ने गरेको एक जना प्याराग्लाईडिङ्ग व्यवसायीले बताए । ‘के गर्ने देशको हालत यस्तै छ, विदेशी खुरुखुरु आउँछन् सराङकोट जान्छन मनपरी रुपमा प्याराग्लाईडिङ्ग गर्छन्’ती व्यवसायीले भने‘कमसे कम यहाँका केही रुल रेगुलेशन छ मान्दिनुपर्छ नी ।’ उनले विदेशी नागरिकले मनपरी प्याराग्लाईडिङ्ग उडान गरेर दुर्घटनामा परेपछि त्यसको सोधीखोजी गर्ने किन भयो दुर्घटना ? भन्दै व्यवसायीलाई हैरान बनाउने गरेको गुनासो गरे । ‘नेपाल आउने सबै विदेशी राम्रा हुन्छन् त भन्न सकिन्न नी’उनले भने‘मनपरी रुपमा आफै उडान भर्छन्,हामीलाई के थाहा ? उनीहरु कम्पनीमा आए पो थाहा पाउने ?’

Advertisements

Entry filed under: Multimedia.

पुरुषको मस्तिष्क महिलाको तुलनामा १० देखि १५ गुणा बढी सक्रिय संविधान निर्माणका लागि दवावस्वरुप अखण्डकृतन


Our Storage

Day Count-Down

December 2010
S M T W T F S
    May »
 1234
567891011
12131415161718
19202122232425
262728293031  

Enter your email address to subscribe to this blog and receive notifications of new posts by email.

Join 2 other followers

Blog Stats

  • 1,632 hits

Top Clicks

  • None

%d bloggers like this: