चकनाचुर आशा

December 1, 2010 at 4:18 pm

मार्सल आर्टस् खेलाडी राजु महर्जन यतिबेला दिक्क छन्। कारण उसुका भरपर्दा खेलाडी उनी चीनको ग्वाङ्झाउमा आयोजित १६औँ एसियाली खेलकुद -एसियाड)मा कुनै पनि पदक हात पार्न असमर्थ भए। भन्छन्, “आशा थियो। तर, राम्रो गर्न सकिएन। त्यसैले निरास छु।”

महर्जन मात्र होइनन्, उसुमा आशा गरएिका सबै १२ खेलाडी ग्वाङ्झाउबाट रत्तिो हात घर फर्के। एसियाड तयारीका बेला खेल अधिकारीहरूले मार्सल आर्टस्का खेलमा पदकको आशा गरेका थिए। उनीहरूले खेलाडी स्तर, क्षमता र तयारीका आधारमा यस्तो आशा राखिएको समेत दाबी गरेका थिए। तर, प्रतिफल शून्यप्रायः भएपछि भने यसबारे बहस, विचार-विमर्श र टिप्पणीहरू सुरु भएका छन्। उसुमा मात्र होइन, आशा गरएिका तेक्वान्दो र कराँतेमा पनि नेपाली खेलाडीहरूको प्रदर्शन कदरयोग्य रहन सकेन, बरु बक्सिङ्मा दीपक महर्जनले कास्य पदक दिलाएर नेपाललाई पदक तालिकामा दर्ज गराए। विगतका प्रतियोगिताहरूमा नाक जोगाएका कतिपय विधामा समेत भरोसा भत्केपछि नेपाली खेलकुद वृत्तमा यसको समीक्षा सान्दर्भिक मात्र होइन, अपरहिार्य ठहर्छ।

प्रतियोगिताहरूमा नेपालको घट्दो साखका पछि कसैले राष्ट्रिय खेलकुद परष्िाद्मा हुने राजनीतिक नियुक्तिलाई दोष दिन्छन् भने कसैले खेलकुद व्यवस्थापनलाई। अझ कतिपयले त खेलकुद नीतिको समीक्षा हुनुपर्नेसमेत बताउन थालेका छन्। आधिकारकि संस्था राष्ट्रिय खेलकुद परष्िाद् ले भने ‘ग्वाङ्झाउ गोलमाल’बारे कुनै प्रतिक्रिया दिएको छैन। एसियाड जारी रहेकाले पनि होला, पराजयलाई केवल हेररिहेका छन् खेल अधिकारीहरू। खेल अधिकारीहरूको मौनताका पछाडि उनीहरूको लाचारीपन र ग्लानि पनि झल्कछ।

सन् १९५४ देखि सबै एसियाडमा सहभागिता जनाउँदै आएको नेपालले पछिल्ला दुईवटा एसियाडमा भने विभिन्न कारणले सहभागिता जनाउन सकेन। तर, विगतमा मार्सल आर्टस्का विधामा नेपालको खासै दुःखद प्रदर्शन थिएन, जति ग्वाङ्झाउमा देखियो। उसुका प्रशिक्षक गोपाल श्रेष्ठ ग्वाङ्झाउमा नेपालको प्रदर्शनलाई पर्याप्त अभ्यास र सुविधामा कमीको प्रतिफलका रूपमा टिप्पणी गर्छन्। भन्छन्, “लट्ठी र तरबारको भरमा मात्र खेलेर जितिँदैन। खेलाडीका लागि चाहिने कुनै पनि पूर्वाधार छैनन्। कसरी जितिन्छ खेल?” प्रशिक्षक श्रेष्ठ एसियाडअघि उसु खेलाडीहरूको अभ्यास बडो दुःखका साथ सम्पन्न भएको बताउँछन्। यसका लागि सम्बन्धित मन्त्रालय र परष्िाद् नै जिम्मेवार भएको ठहर छ उनको। भन्छन्, “यसको जिम्मेवारी सम्बन्धित निकायले लिनुपर्छ।”

उसु सम्बन्धित विज्ञ, प्रशिक्षक र खेलाडीहरूले यस्ता प्रतियोगिताका लागि दुई वर्षको अभ्यास जरुरी हुने औँल्याउँदै आएका थिए। “बल्ल आशा राख्न सकिन्छ पदकको। थोरै मिहिनेत गर्ने अनि ठूलो भाग खोज्ने कुरा मिल्दो भएन,” खेलाडी महर्जन भन्छन्, “हामी खेलाडी निरास भएर मात्र हुँदैन, सम्बन्धित निकाय चिन्तित भयो भने मात्रै केही हुन्छ।”

सन् १९५८ देखि उसु खेलमा नेपालको एसियाड सहभागिता जारी छ। सन् २००२ को बुसान एसियाडमा खेलाडी र पदाधिकारीले खेलमा भन्दा कोरयिामा लुक्ने तयारीमा ध्यान केन्दि्रत गरेपछि ठूलो विवाद सिर्जना भएको थियो। बुसान एसियाडपछि पनि उसुले आफ्नो सहभागिता जनाउँदै आए पनि राम्रो सफलता भने पाएको छैन। खेल व्यवस्थापन, खानपान, आवश्यक आन्तरकि र वैदेशिक प्रशिक्षणबिना कसरी उठ्छ उसु माथि? यिनै कारणको अभावले पनि उसुले आफूलाई माथि उचाल्न नसकेको प्रशिक्षक श्रेष्ठको भनाइ छ।

हतारमा गरनिे बन्द प्रशिक्ष्ाण र तयारीले प्रतिफल दिन नसक्ने खेलाडीहरूले बताउँदै आएका छन्। एसियाड वा कुनै पनि अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता हुनुभन्दा तीन महिनाअगाडि मात्र खेलाडीहरूलाई प्रशिक्षण दिइने चलनलेे सम्भावना भएका खेलमा पनि देशले पराजय झेल्दै आउनुपरेको छ। “खेलाडीका लागि सबैभन्दा महत्त्वपूर्ण पक्ष नै तयारी हो,” तेक्वान्दोका चर्चित खेलाडी दीपक विष्ट भन्छन्, “तयारी गोलमाल भएपछि प्रतिफल पनि त्यस्तै हुन्छ।”

सन् १९९४ देखि एसियाडमा सहभागिता जनाउन थालेको अर्को सम्भावना भएको खेल हो, कराँते। सन् १९९४ मा जापानको हिरोसिमामा भएको एसियाडमा कास्य पदक ल्याएर नेपालको इज्जत जोगाउन सफल भएको कराँतेले १९९८ मा बैँककमा पनि कास्य पदक नै दिलाएको थियो। तर, विडम्बना २००२ देखि कराँतेमा नेपालले कुनै उत्कृष्ट नतिजा हासिल गर्न सकेको छैन। खेलाडीले निरन्तर अभ्यास गर्नुपनर्ेे कराँतेमा खेलाडी मैत्री वातावरण गुम्दै गएको अनुभव सम्बन्धित खेलका प्रशिक्षकको छ। कराँतेका वरष्िठ प्रशिक्षक हीरासिंह डंगोल भन्छन्, “सागको झोल र भातको भरमा तालिम दिएर मेडलको आशा गर्नु बेकार हुन्छ। राष्ट्रिय प्रतियोगिता कम भएपछि खेलाडीको अभ्यासमा पनि असर गरेको देखियो। सुविधाको त कुरै नगराँै।”

कम्तीमा एक वर्षअगाडिदेखि एसियाडका लागि विशेष तयारी हुनुपर्ने तर्क कराँते खेलाडी तथा प्रशिक्षकहरूको रहँदै आएको छ। प्रशिक्षक डंगोल भन्छन्, “यसरी पदकको आशा गर्नु हुँदैन। ” दैनिक प्रशिक्षण सँगसँगै खेलाडीको मनोबल उच्च राख्ने वातावरण र अन्तर्राष्ट्रिय सहभागिताले मात्र एसियाडमा नेपाली खेलाडीले राम्रो गर्न सक्ने प्रशिक्षक डंगोल बताउँछन्। ग्वाङ्झाउ एसियाडमा पनि उसुजस्तै काराँतेमा पनि प्रतिफल शून्यको शंका व्यक्त गरएिको छ। यद्यपि, यो सामग्री तयार पारुन्जेलसम्म कराँतेका सबै खेलहरू समाप्त भएका छैनन्। प्रशिक्षक डंगोल पुरानै हिसाबले प्रतिक्रिया दिन्छन्, “आशा गरौँ, भर नपराँै।”

तेेक्वान्दो खेलाडी विष्टका अनुसार, अन्य देशका खेलाडी र खेलसम्बद्ध निकायहरू हामीभन्दा धेरै चलाख र व्यवस्िथत छन्। हामी उनीहरूभन्दा कमजोर छौँ। त्यसैले गति लिन सकेनौँ। विष्ट थप्छन्, “खेलकुदमा पसेको पार्टीगत राजनीति र खेलकुद नबुझेका व्यक्तिहरूको लामो लस्करले पनि हामी चुकेका हौँ।”

सन् १९९८ मा बैँकक एसियाडमा तेक्वान्दोबाट रजत पदक ल्याएर सविता राजभण्डारीले नेपालको नाम उँचो पारेकी थिइन्। त्यसपछिका एसियाडमा अहिलेसम्म नेपालले १३ वटा कास्य जम्मा पारसिकेको छ। तर, ग्वाङ्झाउमा भने तेक्वान्दोमा एउटा पनि पदक दिलाउन असमर्थ भयो। पदकको इतिहास हेर्दा सन् १९८६ को एसियाडमा नेपालले पहिलो पदक पाएको थियो। परष्िाद्का तालिम तथा प्रशिक्षण विभागका श्रीराम रञ्जितकार भन्छन्, “तेक्वान्दो नै हाम्रा लागि भरपर्दो खेल थियो, त्यसैमा चिप्लिएपछि अरूको के कुरा गर्नू !” खेलाडीहरूको मनोबल बढाउनेभन्दा गिराउनेतर्फ राखेपका पदाधिकारीहरू लागेकाले यो अवस्था आएको निष्कर्ष सुनाउँछन् रञ्जितकार।

जहिले पनि हतारोमा तयारी गरनिे नीति अवलम्बन गरेका कारण पनि अहिले एसियाडमा सम्भावना भएका खेलको प्रतिफल निराशाजनक भएकामा शंकै छैन। खेलाडी विष्ट त ‘खेलकुदमा जहिले पनि कसरी विदेश घुम्न जाने र आफ्ना नजिकका नातेदारलाई शयर गराउने भन्ने सोच भएका पदाधिकारीको हालीमुहालीका कारण यस्तो अवस्था आएको’ प्रतिक्रिया दिन्छन्। भन्छन्, “पराजयको जिम्मा त्यही अव्यवस्िथत व्यवस्थापनले नै लिनु पर्छ। खेलकुद पदाधिकारीले लिनुपर्छ। ” १४औँ र १५औँ एसियाडमा नेपाललाई पदक दिलाएका विष्ट तेक्वान्दोजस्तो सम्भावना भएको खेललाई कुनै मापदण्ड तय नगर्नु, आशलाग्दो खेलमा लगानी नगर्नु, वैदेशिक प्रशिक्षणको वातावरण तय नगर्नुले नै यस्तो अवस्था आएको विश्लेषण सुनाउँछन्।

खेलकुदमा अनुभवको निकै महत्त्व हुन्छ। तर, नेपाली खेलकुदमा अनुभवविहीन खेलाडीहरू र पदाधिकारीहरूको चाप बढेको प्रतिक्रिया मिल्न थालेको छ। यसले एसियाड मात्र होइन, कुनै पनि अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि नेपालको उपस्िथतिलाई भरपर्दो बनाउँदैन। खेलकुद नीति स्पष्ट छैन। खेलाडीहरू आश्वस्त छैनन्। र, खेलसम्बद्ध निकायहरूमा हुने भ्रष्टाचार र विभिन्न अनियमितताले खेलकुदभन्दा बढी चर्चा पाउने गरेका छन्।

Advertisements

Entry filed under: Funny.

२०६७ साल मंसिर ४ गते अर्थ मन्त्री श्री सुरेन्द्र पाण्डेले दिनु भएको आर्थिक वर्ष २०६७/६८ को आय-व्ययको सार्वजनिक जानकारी पुरुषको मस्तिष्क महिलाको तुलनामा १० देखि १५ गुणा बढी सक्रिय


Our Storage

Day Count-Down

December 2010
S M T W T F S
    May »
 1234
567891011
12131415161718
19202122232425
262728293031  

Enter your email address to subscribe to this blog and receive notifications of new posts by email.

Join 2 other followers

Blog Stats

  • 1,632 hits

Top Clicks

  • None

%d bloggers like this: