देश विकासमा युवाहरुको भुमिका

Shiv

(१७ औँ अन्तराष्ट्रिय युवा दिवसका अवसरमा जिल्ला युवा परिषदको आयोजनामा सम्पन्न देश विकासमा युवाहरुको भुमिका विषयक अन्तरक्रियात्मक कार्यक्रममा प्रस्तुत कार्यपत्र )

–प्रस्तुत कर्ता
शिवप्रसाद शर्मा
निर्देशकः फ्रन्टलाइन नेपाल
सदस्यः राष्ट्रिय युवा महासंघ नेपाल, पर्वत
सचिवः गैसस महासंघ नेपाल, पर्वत

१. पृष्ठभुमीः

कुनै पनि राज्यको मूल कडीका रूपमा त्यस देशका युवाहरू रहेका हुन्छन् । युवा जनशक्ति नै राष्ट्र विकास र निर्माणका मुख्य आधार हुन् । त्यसैले विश्वका सवै जसो राष्ट्रहरूले राष्ट्रिय नीति तर्जुमा गर्दा यही समूहलाई केन्द्रविन्दु बनाउँदछन् । युवालाई व्याख्या र परिभाषा प्रत्येक राज्यले आ–आफ्नै सन्दर्भ र वास्तविकताको आधारमा गरेका हुन्छन् । संयुक्त राष्ट्र संघर विश्व बैंक लगायतका संस्था र अन्य केही मुलुकले १५–२४ वर्ष उमेर समूहका महिला, पुरुषलाई युवा मानेका छन् । भारतले १५–३५ वर्ष, चीनले १४–२८ वर्ष, जापानले ०–२४ वर्ष उमेरकालाई युवा मानेको छ भने नेपालको राष्ट्रिय युवा नीति, २०७२ अनुसार ‘युवा भन्नाले १६–४० वर्ष उमेर समूहको महिला, पुरुष तथा तेस्रो लिङ्गीलाई समेत जनाउनेछ’ भनिएको छ । यस अर्थमा युवा भन्नाले हामी १६–४० वर्ष उमेर समूहका मानिसलाई मान्न सक्छौं, तथापि युवा उमेरले होइन, उत्साहले जन्मन्छ । समय सीमाले होइन, संयोजनकारी भूमिकाले चिनिन्छ । जे होस्, युवा उन्नतिका नायक हुन्, उत्साहका परिचायक हुन्, राष्ट्र निर्माणका प्रमुख स्रोत हुन् । युवा राष्ट्रकाअमूल्य निधी हुन्, परिवर्तनका संवाहक र विकासका उत्प्रेरक हुन् । यस समूहको जनसंख्या नेपालको कुल जनसंख्याको ४०.३५ प्रतिशत रहेको छ । यो ठूलो हिस्सा ओगट्ने जनसंख्याभित्र शिक्षित, अशिक्षित, राजनीतिकर्मी, धनी तथा गरिबका आधारमा समेत विविधता पाइन्छ । यसैगरी युवाको यस जनसंख्यामा क्षेत्रीयता, जातीयता, लैंगिकता, भौगोलिकता र आर्थिक पक्षहरूमा समेत विविधता पाइन्छ ।
संसारमा जति पनि मानिस यस धर्तीमा जन्म लिन्छन्, ती व्यक्तिहरू आफ्नो सुखद बाल्यकाल र किशोरावस्था पार गरेर युवावस्थामा पुग्छन् । विगतको वाल्यावस्था, अनि भविष्यको बृद्वावस्थालाई सोच्दै योजना र तयारीका साथ अगाडि बढ्ने अवस्था वर्तमान हो । त्यसैले वर्तमानलाई प्रतिनिधित्व गर्ने युवा वर्गले आपूmभन्दा अग्रजको अनुभवलाई ग्रहण गर्दै भावी पुस्ताको लागि योजना तयार गर्ने, अनि वर्तमानमा चौतर्फी विकास गर्नेतर्पm लाग्नुपर्दछ । भविष्यको सम्भावना बोकेको, केही गर्ने जोश, जाँगर अनि इच्छाशक्ति भएको शक्ति युवा भएकोले यिनीहरूलाई वर्तमानका साझेदार, भविष्यका कर्णधार, देशको खम्बा, आधार स्तम्भ जस्ता उपनामले चिनिन्छन् । कुनै पनि राष्ट्र कति विकसित, सम्पन्न र शक्तिशाली छ भन्ने कुराको मापन गर्ने एक विश्वासिलो र भरपर्दो सूचक त्यस देशका युवाहरूको क्रियाशीलता, लगनशीलता, मेहनत, अनुशासन र उत्पादनशीलता लाई मान्न सकिन्छ तर विडम्बना यदि यस्तो जल्दाबल्दा युवाशक्तिको सही पहिचान हुन सकेन, युवाहरूको क्षमताको सदुपयोग हुन सकेन भने तथा राष्ट्रले युवाको लागि सही कार्यदिशा र नीति तर्जुमा गरी लागु गर्न सकेन भने व्यक्ति, समाज, राष्ट्र अनि विश्वलाई नै दुर्भाग्य हुन सक्छ ।

२. वर्तमान परिदृष्यहरु ः

नेपालमा १० वर्ष लामो हिंसात्मक द्धन्द अनि शान्तीपूर्ण राजनैतिक परिवर्तन पश्चात संविधान सभा मार्फत नयाँ संविधान र दिगो शान्तीको प्रत्याभुतीद्धारा सामाजिक तथा आर्थीक विकासको अवसर प्राप्त हुनेछ भन्ने जनविश्वासका विच संविधान कार्यान्वयन र राज्यपूर्नसंरचनाका दिन गन्तीहरु सँगै संक्रमणकाल लम्वीँदै जाँदा युवा वर्गमा निराशा, हतोत्साह तनावको कारण बनिरहेको छ । समुन्नत, समृद्ध र आधुनिक नेपाल निर्माण गर्ने परिकल्पनाका साथ साढे पाँच दशकअघि थालनी भएको योजनाबद्ध विकास प्रयासले यति लामो दुरी पार गर्दा पनि हाम्रो परिकल्पनाले मूहुर्तता पाउन सकेको छैन । परनिर्भता हाम्रो नियति बन्न पुगेको छ । विकासले सर्वाधिक प्राथमिकता पाए पनि अविकासको दुश्चक्रबाट मुलुक बाहिर निस्कन सकेको छैन । अग्रगमन हाम्रो मुख्य रोजाइमा परे पनि आवश्यक तालमेल मिलाएर हिंडन नसकिएको कारण लगभग यथा स्थितिमै बस्नु परेको छ । विज्ञान र प्रविधिको चामत्कारिक विकासले भौगोलिक विकटता र सामाजिक, आर्थिक अवसरको न्यून उपलब्धतामा बाँचेका गरिब र निमुखा जनताको जीवनशैलीमा कुनै परिवर्तन ल्याउन सकेको छैन । औसत जनताको जीवनशैली आज पनि कष्टकर र पाषणकालिन अवस्थाको रहेको छ ।
विभेदकारी राजनीतिक, सामाजिक तथा आर्थिक व्यवस्था सहितकै नयाँ नयाँ व्यवस्थाहरुको व्यवस्थापन गर्नमा रहेको कमजोरीले गर्दा निम्त्याएको द्वन्दबाट नेपाल आजसम्म पूर्ण रुपले मुक्त हुन सकेको छैन । प्राचिन कालदेखी शान्ति भुमिको रुपमा ऋषि महर्षिहरुले शान्त भुमि, तपो भुमिको रुपमा प्रयोग गर्दै आइरहेको, शान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्मथलोको रूपमा विश्व प्रसिद्ध रहेको नेपाल स्वयं अशान्तिको भुमरीमा परेको दुःखदायी अवस्था विद्यमान छ । एका तर्फ जनताहरुमा राष्ट्रियताको सवालहरुमा एकता मजवुत रहेपनि राष्ट्र हाँक्ने नेतृत्व वर्गको सत्ता स्वार्थको मजवुरीले गर्दा राष्ट्रियको परिदृष्य कमजोर देखिन गएकोछ । यसवाट सचेत युवाहरुमा वितृष्णाको भावना पैदा भइरहेको अवस्था छ । भ्रष्टाचार मुक्त समाज हाम्रो आदर्श वाक्य बन्ने गरे पनि भ्रष्टाचारको विषवृक्ष सुक्नुको सट्टा मौलाउँदो छ । शक्ति र सत्तामा हुनेखाने र जहाँ जसो पनि गर्न सक्ने वर्ग कै हलीमुहाली र साधन स्रोतहरुमा दोहन रहेको छ । एकातिर राज्यले युवा वर्गको हितमा निति निर्माण र कार्यक्रम तय गरि युवा शक्ति जोश र जाँगर लाई राष्ट्र निमार्णको महत्वपूर्ण क्षेत्रमा लगाई उत्पादनशिलता हाँसिल गर्न सकिरहेको छैन भने अर्का तर्फ वढ्दो युवा शक्तिको पलायनलाई रोक्नुको सट्टा वैदेशिक रोजगारीका लागी पररष्ट्र सम्झौता गर्दै हिड्नु पर्ने नियतीको धारतलमा हाम्रो राज्य सरकार उभिइरहेको छ । आज राज्यको निति निर्माण गर्ने जवाफदेही राजनैतिक इच्छा शक्तिको अभावमा युवा वर्ग कुहिरोको काग जस्ता भएका छन् । निरुपाय युवाहरु विभिन्न देशका निम्न स्तरका श्रमीक पदमा श्रम वेच्न वाध्य भएका छन् । कमसे कम राज्यको नियती नै मुलुकका युवा वर्गलाई विदेशमा श्रम वेच्न निकासी गर्ने भुमिका बाट अगाडी बढ्न नसक्ने हो भने पनि सो क्षेत्रलाई अलि व्यापक वनाउँदै श्रम र सिप युक्त जनशक्तिका रुपमा युवालाई वैदेशिक रोजगारीमा पठाउँदा हुने उत्पादनशिलता र आम्दानी वढी हुन सक्दछ । युवालाई विदेशमा श्रम व्यापार गर्ने वाध्यतामा राज्यको प्रयासले सहि सहजीकरण मात्रले पनि स्थितीमा थुपै्र परिवर्तन ल्याउन सक्दछ । चलन चलतीको कोरा ज्ञान युक्त शिक्षा पद्दतीमा परिमार्जन गरेर श्रमवजार सुहाउँदो सर्वसुलभ व्यवहारीक ज्ञान र सिप युक्त प्राविधिक शिक्षा सहितको पाठ्यक्रमलाई अनिवार्य गर्न समेत राज्यले सकिरहेको छैन । प्रविधिक शिक्षालाई ऐच्छीक विषयका रुपमा कता कती देखाएर सो शिक्षा पद्दतीमा कमाइ धन्दा गर्नेहरुलाई मार्ग प्रसस्त गर्ने कार्यमा राज्यका जिम्मेवार अधिकारी र निकाय लाग्दा परिवर्तनको आशा निकै ढिला भइसकेको छ । समय र लगानी खेरै गइरहेको छ । सरसर्ती राज्य भित्रका प्रयासहरुमा हेर्दा देशमा युवा मैत्री विकासको प्रयास र अवस्था शुुन्य प्राय देखिन्छ । संयुक्त राष्ट्र संघ र पोर्चुगल सरकारको संयुक्त आयोजनामा सन् १९९८ को अगस्ट ८–१२ सम्म आयोजित युवासम्बन्धी लिस्वन घोषणापत्रले निम्न आठ विषयमा आफ्नो प्रतिवद्वता जनाएको छ, जसले युवा विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ । ती यसप्रकार छन् – १. राष्ट्रिय युवा नीति २. युवा सहभागिता ३. शान्ति ४. विकास ५. शिक्षा ६. रोजगारी ७. स्वास्थ्य ८. लागु औषध दुव्र्यसनको नियन्त्रण । यी र यस्तै कुरालाई ध्यान दिँदै नेपाल सरकारले पहिलो पटक राष्ट्रिय युवा नीति, २०६६ तयार गरि कार्यान्वयनमा ल्यायो । राष्ट्रय युवा निति २०६६ आएको ५ वर्ष पुरा भएपछि फेरी नेपाल सरकारले त्यसलाई पुनरावलोकन गरि दोस्रो युवा राष्ट्रिय युवा निति २०७२ ल्याएको छ । यो युवाहरुका क्षेत्रमा केही देखिने काम हुने गरि नीति लागू गर्न र युवा क्षेत्रमा राज्यका प्रयासहरु दिगो गर्नका निम्ती प्रसस्त समयावधि हो । युवा निति लागु भए पछि झिनो पाराले विभिन्न विधामा युवा वर्ग लक्षीत कार्यक्रको सुरुवात भएको पनि देखिन्छ । तर अधिकांश युवा लक्षीत भनेर ल्याइएका कार्यक्रममा समेत गैर युवा वर्गको हालीमुहाली हुँदा समेत नियमक निकायको ध्यान पुग्दैन जसले आम युवा वर्गमा अपनत्व हुने गरि प्रभावकारीता दिन सक्दैनन् । अब नयाँ आएको राष्ट्रिय युवा निति २०७२ कार्यान्वयनकै चरणमा रहेको छ ।
‘बिहानीले दिनको सङ्केत गर्छ’ भनेभैm वर्तमानले भविष्यलाई डो¥याउँछ । जसरी आजको सानो विरुवा भोलि ठूलो रुख बन्छ र छहारी दिन्छ, त्यसरी नै आजका युवा भोलि राष्ट्रका नेता, प्राध्यापक, प्राविधिक वा प्रशासक बन्छन् । आजका युवा भोलि राष्ट्र चलाउने चालक बन्छन् । त्यसैले पनि भविष्यको जहाजरुपी देश चलाउने क्याप्टेनरुपी युवा मन, वचन र कर्मले नै इमान्दार, परिपक्व र परिष्कृत हुनुपर्छ । र त्यस्का लागि आजैदेखि त्यसप्रकारको संस्कृति र संस्कार युवालाई दिइनुपर्छ । जुन देशका युवाहरू रोजगारीका नाममा दिनहुँ खाडी मुलुक जान बाध्य छन,् जुन देशका योग्य जनशक्ति ‘ब्रेन ड्रेन’ अर्थात विदेश पलायन हुँदैछन्, जहाँ बालक र वृद्वहरूको बस्ती बाक्लो र युवाहरूको उपस्थिति शून्यप्रायः देखिँदैछ, जहाँ मलामी जाने युवा पाइन छाडिसके, जुन देशको माटोमा युवाको पसिना बग्न छाडिसक्यो, त्यो राष्ट्रले कदापि उन्नतिको उँचाई चुम्न सक्दैन । त्यो पाखामा परिश्रमको पराग उड्दैन र अन्ततः त्यो धर्ती मरुभूमितुल्य बन्नपुग्छ । मुलुकको यस प्रकारको परिदृश्यले हरेक राष्ट्रप्रेमी युवा नेपालीलाई चिन्तित र दुःखी बनाउने अवस्था रहेकोछ । हामीले जे जस्तो अवस्थाको सामना गर्नु परे पनि यसलाई छिट्टै प्रयत्न पूर्वक समाधान गर्नु पर्दछ भन्ने विचार युवाहरु माझ व्याप्त रहेको पाउन सकिन्छ ।

३. तथ्याङ्ककमा युवा अवस्था र राष्ट्रिय भयावह ः

ड्ड तेह्रौ योजना २०७०–२०७३ ले वार्षिक १ लाख युवाहरुलाई सिप सम्पन्न गराउने परिकल्पना गरेको छ जवकी वार्षिक ५ लाख युवा श्रम वजारमा प्रवेश गर्ने गरेका छन् ।
ड्ड नेपालमा १५ देखी २९ वर्ष सम्मको जनसंख्या ७३ लाख ६९ हजार ४ सय ५ अर्थात कुल जनसंख्याको २७.७८ प्रतिशत रहेको छ । यसरी यो समुहको युवाहरु ३० प्रतिशतको हाराहारीमा हुनु भनेको वल्ज सिद्धान्त अनुसार भयावहको स्थीतिमा जानु हो । युवाहरु पर्खदैनन । तत्काल परिणाम चाहान्छन् ।
ड्ड नेपालमा संभव भएका ९० प्रतिशत रोजगारी शहर केन्द्रीय रहेका छन् र युवाहरु पनि शहर केन्द्रीत भएका छन् । गाँउ युवा जनशक्ति विहिन हुन गएको छ । ग्रामिण कृषि जन्य उत्पादनमा तिव्र कमी आइरहेको छ ।
ड्ड नेपालमा प्रत्येक वर्ष ५ लाख युवाहरु रोजगारीका लागि श्रम वजारमा प्रवेश गर्ने जनसंख्या मध्य ३ लाख भन्दा वढी आप्रवासनमा जान्छन् । स्वदेशमा रहेका मध्य १० प्रतिशतले मात्र स्वदेशमा रोजगारी पाँउछन् । अरु ९० प्रतिशत कामका लागि वर्ष भरि भौतारिन्छन् । एक नमुना सर्वेक्षणलाई मान्ने हो भने ११ प्रतिशत पूर्ण वेरोजगारी र ३९ प्रतिशत युवा अर्धवेरोजगारी अवस्थामा रहेका छन् ।
ड्ड आप्रवासनमा जाने ९० प्रतिशत युवाहरु छन् भन् श्रम मन्त्रालयको तथ्याङ्कका अनुसार दैनिक १५ सय युवा कामका लागि विदेश जान्छन् । र ५ सयको हाराहारीमा फर्किन्छन् । यसरी दैनिक १००० युवा पलायनको अवस्था रहेको छ ।
ड्ड मोटा मोटी तथ्याङ्कका अनुसार ६० लाख भन्दा वढि नेपाली विदेशमा रोजगारीका लागि गएका छन् ।
ड्ड नेपाल प्रहरीको तथ्याङ्क अनुसार कुल अपराधिक घटनाहरुमा करिव ९० प्रतिशत अपराध युवा उमेर समुहका व्यक्तिहरुवाट हुने गरेको छ ।

३.१ तथ्याङ्ककमा पर्वत र युवाः

पर्वत जिल्ला भित्र वास्तवमा स्वतन्त्र युवा सर्वेक्षण गरिएको अवस्था छैन । नत जिल्लामा युवा विकासका लागि लक्षीत कुनै विशेष अध्ययन अनसुन्धान नै भएका छन् । तथापी समग्र राष्ट्रको हविगतबाट जिल्ला पनि मुक्त रहन सकेको छैन । विभिन्न समाजीक क्षेत्रमा क्रियाशिल विकासका अभियानन्ताको विष्लेषणको आधारमा करिव २२ हजार युवा तेस्रो मुलुकमा र त्यसको आधा जस्तो जनसंख्या विभिन्न कोठी, चौकीदारी तथा होटलका काममा भारतमा पनि रहेको अनुमान मात्र गर्न सकिन्छ । पर्वत जिल्लावाट दैनिक १०–१२ जना युवा विदेश पलायन हुने गरेका छन् ।

४. देश विकासमा युवाको महत्व ः

उपर्युक्त परिदृश्यलाई मनन् गरी देश विकासको गतिलाई तिव्रता दिनु जरुरी छ । सही अर्थमा देश विकासको अभियानलई अघि बढाउने हो भने अन्य कुराका अतिरिक्त हामीसँग रहेका युवाशक्तिको समुचित उपयोग गर्नेतर्पm ध्यान केन्द्रित गर्नुपर्दछ । युवा वर्गको समुचित परिचालन एवं सक्रिय सहभागिता बिना विकास प्रतिको हाम्रो तृष्णा मृग तृष्णा बन्नेछ । मुलुकमा हुने ठूलो सानो जुनसुकै परिवर्तनमा प्रत्यक्ष वा परोक्ष रूपमा युवा शक्तिको योगदान रहेको हुन्छ । मुलुकमा देखिएका राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक एवं वातावरणीय विकृति र विसंगति निमिट्यान्न पार्न युवाशक्तिको ठूलो आवश्यकता रहेको छ । विकास निर्माणका विभिन्न साधनहरूमध्ये मानव संसाधन एक मात्र जीवन्त साधन हो । मानव संसाधन अन्तर्गत बाल, बृद्ध र युवा सबै वर्गका मानिसहरू पर्दछन् । अन्य वर्गको तुलनामा युवा वर्ग शक्ति र सामथ्र्यको दृष्टिले महत्वपूर्ण मानिन्छ । १६ देखि ४० वर्ष उमेर समूहका मानिसहरूमा ठूलो आत्मबल हुन्छ । यो वर्ग सर्वाधिक उर्जाशील वर्गहो । परिवर्तनको संवाहकको रूपमा रहेको यो वर्ग देश विकासको मेरुदण्ड हो । युवाशक्ति त्यो मानव क्षेप्यास्त्र हा,े जसको अचुक प्रहारबाट अविकासरुपी दानवको वध गर्न सकिन्छ ।
समग्रतामा भन्दा नेपाली युवा वर्ग वास्तवमा आफ्नो गन्तव्य पथ नपाएको कुहिरको काग भएको वर्ग भएता पनि राष्ट्रिय विकासमा युवाहरुको अत्याधिक महत्वपूर्ण भुमिका रहेको छ । जसलाइै देहायवमोजीमको वुँदागत रुपमा उल्लेख गर्न सकिन्छ ।
ड्ड आज सम्म भएका मुलुकका राजनैतिक परिवर्तनका निम्ती एजेण्डाका उत्प्रेरक र आन्दोलनका नेतृत्व कर्ताको रुपमा विभिन्न राजनितिक संगठनहरुमा रहेर युवाहरुले गरेको योगदानकोे श्रेय युवा वर्गले पाउनु पर्दछ ।
ड्ड राज्यले लिएका हरेक विकासका अभियना तथा महत्वपूर्ण कार्यक्रमहरु र गौरवका आयोजनाहरु मा दक्ष, अर्धदक्ष वा अदक्ष कामदारको रुपमा भुमिका खेलीरहेका छन् ।
ड्ड सुरक्षा निकायहरुमा संलग्नता र शान्ती सुरक्षा र सिमा रक्षामा ७५ प्रतिशत युवा वर्गहरुकै योगदान रहेको छ ।
ड्ड विप्रेषणले धानेको अर्थतन्त्र भनेर परिचित यस मुलुकमा कुल अर्थतन्त्रको २५ प्रतिशत विप्रेषण योगदान रहेको छ जसमा कुल विप्रेषणमा ७० प्रतिशत युवावर्गकै योगदान रहेको छ ।

५. युवा सवाल सम्बोधन गर्न भएका केही राज्यका प्रयासहरू ः

देश विकास र निर्माणमा युवाशक्तिको महत्वलाई दृष्टिगत गरी उनीहरूको इच्छा, आकांक्षा र आवश्यकतालाई समुचित रूपमा संवोधन गर्न र उनीहरूको क्षमता विकास गर्न राज्यको तर्पmबाट पहल र प्रयत्न भने नभएको होइन । युवा सवाललाई संवोधन गर्न कानूनी, नीतिगत तथा संस्थागत व्यवस्था गरिएका छन् । नेपालको अन्तरिम संविधान, २०६३ मा “देश विकासमा युवा जनशक्तिलाई परिचालन गर्न राज्यले विशेष नीति अवलम्बन गर्नेछ” भन्ने उल्लेख भएबाट युवाशक्तिलाई महत्वपूर्ण स्थान दिन खोजिएको पुष्टि हुन्छ । त्यस्तै, चालु त्रिवर्षीय योजनामा युवाको उत्थान र विकासमा विशेष जोड दिइएको छ । युवा स्वरोजगार कार्यक्रमद्वारा युवा बेरोजगारीको समस्या समाधान गर्ने कोशिश गरिएको छ । युवासँग सम्बन्धित मुद्दाहरूको संवोधन हेतु पहिलो पटक नेपालको अन्तरिम संविधानमा युवाको लागि गरिएको व्यवस्थाको जगमा टेकेर “राष्ट्रिय युवा नीति २०६६” तर्जुमा गरी कार्यान्वयनमा ल्याएको थियो । ५ वर्ष पछि सो नितिमा पुनरावलोकन हुने प्रावधनन अनुसार फेरी दोस्रो राष्ट्रिय युवा २०७२ समेत यस अवधिमा कार्यान्वयनको चरणमा रहेको छ ।
नेपालको संविधान २०७२ बमोजिम राष्ट्र निर्माणमा युवा जनशक्तिलाई परिचालन गर्न सरकारले विशेष नीति अवलम्बन गर्नुपर्ने कुराको दिशाबोध गरेको छ । नेपाल सरकारले राष्ट्रिय युवा नीति २०७२ ले निर्दिष्ट गरे बमोजिम राष्ट्रको जनसंख्याको ठूलो हिस्सा ओगट्ने युवा जनशक्तिलाई प्रभावकारी रुपले परिचालन गर्न सकेको खण्डमा राष्ट्रलाई विकसित मुलुकको दर्जामा पु¥याउन धेरै हदसम्म सहज हुने थियो । संस्थागत व्यवस्थाको रूपमा युवा तथा खेलकुद मन्त्रालय स्थापना भई सञ्चालनमा रहेको छ । यो मन्त्रालयले सीमित स्रोत र साधनका बाबजुद पनि युवा सरोकारका अधिकांश मुद्दालाई विविध कार्यक्रममार्फत सम्बोधन गर्न पर्याप्त पहल र प्रयास गर्दै आएको छ । यस मन्त्रालयले अन्तर्राष्ट्रिय युवा वर्ष मनाउने, आन्तरिक र वाह्य अनुभव आदान–प्रदान गर्ने, युवा सशक्तीकरण तथा क्षमता अभिबृद्धि गर्ने जस्ता कार्यक्रम सञ्चालन गर्नुका साथै युवा साझेदारी कार्यक्रम सञ्चालन गर्दै आएको छ । युवा सम्बन्धी महत्वपूर्ण सुचना आदान प्रदान गर्न जिल्लास्तरमा युवा सूचना केन्द्र स्थापना गरिएको छ । यसका अतिरिक्त युवा परिषद ऐन २०७२ र सोही ऐनको जगमा त्यहाँ भएको व्यवस्था अनुसार युवा मामिलासम्बन्धी छाता संगठनको रूपमा रहने गरी केन्द्रमा राष्ट्रिय युवा परिषद्को गठन समेत भई ६० जिल्लामा विस्तारको कार्य समेत भइसकेको छ । सरकारले युवा विकासको राष्ट्रिय रणनितिको रुपमा १० वर्षे युथ भिजन २०२५ समेत जारी गरेको छ, जसमा युवाको क्षेत्रमा पनि सरकारले दिगो लक्ष्य किटान गरेको छ । सरकराले विभिन्न वर्षका वजेटहरुमा युवा स्वरोजगार तथा वेरोजगारलाई निर्वाह भत्ताको कार्यक्रम घोषणा समेत गर्दै आइरहेको छ । युवा स्वारोजगार कार्यक्रमको आंशिक भएपनि कार्यान्वयन र उपलव्धीहरु देखिन थालेको छ भने निर्वाह भत्ताको कार्यान्वयन वेरोजगारको तथ्याङ्क संकलन गर्नमा मात्रै अल्झीरहेको पाउन सकिन्छ । यसै वर्ष २०७३।७४को लागी वजेट भाषणमा युवालाई शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखि सहुलियत दरमा उद्यमशिलतामा लाग्ने युवालाई ऋण दिने लोकप्रिय कार्यक्रम समेत सरकारले घोषणा गरेको छ जसको कार्यान्वयनको व्यग्र प्रतिक्षा समग्र युवा वर्ग गरिरहेका छन् । प्रयास यतिले नपुगेको यथार्थ नै छ तर प्रयास नगरेको अवस्था पनि छैन । अब पनि राज्य युवाहरुको क्षेत्रमा केही गर्ने प्रयास गर्ने मात्र नभई वर्तमान समस्या वास्तवमै सुल्झाउने र भावी चुनौतीलाई थेग्ने खालको दह्रो युवा योजना र सहि कार्यान्वयनका साथ अगाडी बढ्नुपर्ने अवस्था रहेको छ ।

६. युवा सम्बन्धी समस्याहरूः

उपरोक्त प्रयासका बाबजुद पनि युवासम्बन्धी देहायअनुसारका समस्याहरू विद्यमान छन्ः
(क) बेरोजगारीको समस्याले गर्दा बर्षेनी ४ लाखको हाराहारीमा युवाहरू विदेशिने गरेका छन् ।
(ख) ऋचयकक ऋगततष्लन क्ष्ककगभ को रूपमा रहेको गरिबीलाई उल्लेख्य रूपमा न्यूनीकरण गर्न सकिएको छैन ।
(ग) व्याप्त अशिक्षाले र प्रविधिक शिक्षा पद्दतीको अभावले गर्दा युवाहरूको ठूलो पङ्क्ति अदक्ष कामदारको रूपमा रहेको छ ।
(घ) जनशक्तिको माग र युवाहरूलाई दिने शिक्षाबीच सामन्जस्य हुन सकेको छैन ।
(ङ) युवाहरू सामाजिक विभेदको शिकार पनि हुने गरेका छन् जसको परिणाम अपराधको जन्म तथा द्धन्दको सृजना हो ।
(च) बैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र व्यवस्थित गर्न सकिएको छैन ।
(छ) युवाहरूको श्रमबाट प्राप्त विप्रेषणलाई उत्पादनशील क्षेत्रमा लगानी गरी रोजगारीको अवसर सृजना गर्न सकिएको छैन ।
(ज) युवाहरू विदेशिने क्रम बढ्दै गएकोले यौनजन्य रोग भित्रिने खतरा पनि बढ्दै गएको छ ।
(झ) युवामैत्री वातावरणको अभाव रहेको छ ।
(ञ) युवा स्वास्थ्यको मुद्दालाई यथोचित रूपमा सम्बोधन गर्न सकिएको छैन् ।
(ट) युवाहरूलाई दुर्गम क्षेत्रको व्यवहारिक अनुभव दिलाउन सकिएको छैन ।
(ठ) १६– ४० वर्ष सम्म युवा मान्ने वर्तमान सरकारको रणनिति नै गलत छ किनकी यत्रो २४ वर्ष अन्तरको जनसंख्यिकीय वर्गलाई एउटै डालोमा हालेर योजना निर्माण गर्नु युक्ती संगत देखिँदैन ।
(ड) युवा शक्तिलाई आफ्नो स्वार्थको भ¥याङ्ग वनाउन चाहाने विभिन्न पक्षहरुका कारण विभिन्न वाद, क्षेत्र, वर्ग, जातियता र साम्प्रदायिकतामा युवा विभक्त भएर युवाहरु एक आपसमा पूर्वाग्रही भइरहेका छन् । यसरी युवा युवाहरुमै युवाको विकासको अवधारण सम्वन्धमा मतऐक्यता रहेको अवस्था छैन ।
(ण) राष्ट्रिय युवा निति २०६६ कायान्वयनका असफलता यथेस्ट मात्रामा समिक्षा नगरी औपचारीकाता मात्र वहन गर्न राष्ट्रिय युवा निति २०७२ ल्याइएको छ तथापी यसको पनि सहि कायान्वयन हुनेमा शंका रहेको छ ।
त) विभिन्न कारण युवाहरु विकृति, विसङ्गती र अपराध तर्फ उन्मुख भइरहेका छन् तिनको निराकरणका प्रयासहरु जिम्मेवारी पूर्वक यथेस्ट मात्रामा हुन सकिराखेको छैनन् ।

७. समस्याको समाधान ः

युवासम्बन्धी उपरोक्त समस्याहरूको समाधान हेतु देहायबमोजिम उपायहरू अवलम्बन गर्न सकिन्छः
(क) प्रविधिक र व्यवहारिक शिक्षामा जोड दिने ।
(ख) रोजगारीका अवसरहरू सृजना गर्ने र युवाहरुलाई रोजगरी दिएका आधारमा कम्पनी, उद्योगलाई राज्यको सुविधा र सहुलियत दिने व्यवस्थामा जोड दिने ।
(ग) गरिबी न्यूनीकरणका अधिकतम प्रयास गर्ने ।
(घ) शैक्षिक योग्यताको प्रमाणपत्र भन्दा पहिले राज्यका निम्ती अनिवार्य स्वयंसेवा गरि अनुभव हाँसिल गर्ने र काममा दक्ष भएको राज्यवाटै प्रमाणीत गरिदिनुपर्ने व्यवस्था गर्ने ।
(ङ) बैदेशिक रोजगारीलाई मर्यादित, सुरक्षित र व्यवस्थित बनाउने ।
(च) समावेशीकरणको नीतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने ।
(छ) शिक्षाको विकासमा जोड दिने ।
(ज) जनशक्तिको माग र युवाहरूलाई दिने शिक्षाबीच सामन्जस्य स्थापित गर्ने ।
(झ) विदेशवाट प्राप्त विप्रेषणलाई राज्यकै संरक्षण र सुपरिवेक्षणमा उत्पादनशील र स्वरोजागर सृजना गर्ने क्षेत्रमा लगानी गर्ने ।
ञ) विदेशवाट युवाहरुले सिकेर ल्याएको सिप, ज्ञान र दक्षताको उचित व्यवस्थापन गर्ने खालका कार्यक्रमहरुको व्यवस्थापनमा राज्यवाट जोड दिइनु पर्ने ।
(ट) यौनजन्य रोगको संक्रमण रोक्ने उपायबारे युवाहरूलाई जानकारीमूलक शिक्षा दिने ।
(ठ) युवामैत्री वातावरण र विकासका हरेक निति नियम निर्माण देखी कार्यान्वयका चरणहरुमा युवाहरुको सक्रिय सहभागीता सुनिश्चित गर्ने ।
(ड) उदाहरणीय युवाहरुको सोचलाई प्रवद्र्धनात्मक सहयोगको वातावरण निर्माण गर्ने ।
(ढ) युवाहरूलाई सरल र सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउनु पर्दछ ।
(ण) युवाहरूलाई ज्ष्नज ब्तिष्तगमभ त्चबष्लष्लन दिनु पर्दछ ।
(त) सरकारत्मक युवा निर्माणको निम्ती राज्यले २० वर्ष सम्मको अवधिका वर्गहरुको लागि विशेष कार्यक्रम ल्याउनु पर्दछ ।
(थ) युवा तथा खेलकुद मन्त्रालयको आधिकारीक संरचना तल्लो स्थानिय तहहरु इलाका, नगरपालिका तथा गा.वि.स. सम्म पनि पु¥याउनु पर्दछ ।

८. उपसंहारः

राष्ट्र संचालन र विकास निर्माणको कार्य आफैमा त्यति सहज छैन । समग्र देश विकासको लक्ष्य सगरमाथाको त्यो उच्च टाकुरा हो, जसको सफल आरोहण गर्न युवा जनशक्तिको महत्तम उपयोग गरिनु पर्दछ । देशको जनसंख्याको ठूलो हिस्सा (कुल जनसंख्याको ४०.३५ प्रतिशत) को रूपमा रहेका युवा जनशक्तिलाई देश विकासको मूलधारमा सामेल नगराई राष्ट्र निर्माणको अभियानले कदापि सार्थकता पाउने छैन । त्यसैले विगतको कमी, कमजोरीबाट पाठ सिक्दै युवाहरूमा आशा, भरोसा, आँट, विश्वास, उत्साह र उमङ्ग भर्दै राष्ट्र विकासको अभियानमा नेतृत्वदायी भूमिका निर्वाह गर्नका लागि उत्प्रेरित गर्न युवा सरोकारका मुद्दाहरूलाई समुचित रूपमा सम्बोधन गरिनु आजको प्रमुख आवश्यकता हो । युवाहरु हिजो पनि राष्ट्रि विकासका लागि योगदान दिइ आएका छन् । आज पनि महत्वपूर्ण भुमिकामा युवाहरुले हात दिइरहेका छन् । भविष्यमा हुने विकासको वागडोर पनि युवाहरुकै खटन र पौरखमा मात्र हाँक्न सकिन्छ ।
सन्दर्भ सामग्री
१. नेपालको संविधान, २०७२
२. राष्ट्रिय युवा नीति, २०६६ र २०७२
३. त्रिवर्षीय योजना (२०६७ –२०७० र २०७०–०७३)
४. युवा वुलेटिनहरु, युवा तथा खेलकुद मन्त्रालय, नेपाल सरकार
५. युवा र विकास, युवाहरुको वास्तविक तस्वीर, अवस्थी लोकराज
६. युवा वर्गमा लगानीको पैरवी, २०१०, संयुक्त राष्ट्र जनसङ्ख्या कोष
७. युवा क्षमता विकास, स्रोत पुस्तीका स्त्री शक्ति काठमाण्डौ
८. फुट्कर आलेख, सकरात्मक युवा विकास र हाम्रो प्रयत्न, शर्मा शिवप्रसाद, २०७२

August 13, 2016 at 8:07 am

युवा नजरमा प्रस्तावित मस्यौदा

brabim kumarसाभार स्रोतः कान्तीपुर राष्ट्रिय दैनिक, श्रावण १२,२०७२
नयाँ संविधानको मस्यौदाले राज्यले विभिन्न वर्ग र समूहलाई तत्कालीन अवस्थामा कसरी हेरिरहेको छ भन्ने झल्को दिइरहेको छ । युवा दृष्टिकोणबाट मस्यौदा संविधानलाई अध्ययन गर्दा राज्यले युवालाई दुईखाले आँखाले हेरेको देखिन्छ । पहिलो, युवा भनेका श्रमिक, कामदार वर्ग हुन् र उरन्ठेउलो जोखिममा रहेको जमात हो । के यति साँघुरो सोचबाट नयाँ नेपाल बनाउनका लागि कोरिँदै गरिएको भनिएको संविधानको अपनत्व ४० प्रतिशतभन्दा ज्यादा हिस्सा ओगट्ने नेपाली युवाले गर्न सक्छन् ? के यस्तो दृष्टिकोणको जगमा लेखिएको संविधानले अबको पुनर्निर्माण, नवर्निमाण र रूपान्तरणको प्रक्रियामा युवाको नेतृत्वदायी भूमिकाको लागि ढोका खोल्छ ?

नेपाली इतिहासमा आजसम्म भएका आन्दोलनहरूको सफलतामा युवाहरूको ऊर्जा, आवेग, पसिना, रगतको योगदानलाई सायदै कसैले अस्वीकार गर्न सक्छ । राणा शासनअघि र त्यसै उपक्रमबाट सुरु भएका जयन्तु संस्कृतम्, २००७ को क्रान्तिको पृष्ठभूमिमा भएका राजनीतिक आन्दोलनहरू वा त्यसपछि ०१९, ०३६, ०४२, ०४६ र पछिल्लो अवधिमा ०५२ सालबाट सुरु भएको सशस्त्र विद्रोह, मधेस, थरुहट र जनजाति आन्दोलनको प्रमुख आधार नै युवाहरूको दह्रो उपस्थिति हो । नेपालका हालसम्मका सहिदहरूको उमेरलाई हेरेर विश्लेषण गर्दा पनि आन्दोलनको अग्रभागमा उभिएर लाठी, ढुंगा र गोली खाने पनि युवा नै हुन् भन्ने स्पष्ट छ । यससँगै सामाजिक–आर्थिक क्षेत्रमा युवाहरूको भूमिका र योगदानलाई बिर्सन सकिन्न । पछिल्लो अवधिमा विदेशमा रहेका युवाहरूले पठाएको ‘रेमिट्यान्स’बाट नेपालको अर्थतन्त्र धराशायी हुनबाट जोगिएको तथ्य (गएको आर्थिक वर्षमात्रै करिब ६ खर्ब रुपैयाँ नेपालमा भित्रिएको) र बैसाखमा गएको भूकम्पपश्चात युवाहरूले स्वस्फुर्त रूपमा खेलेको भूमिकाले राजनीतिक आन्दोलनमा मात्रै होइन, आर्थिक–सामाजिक क्षेत्रमा पनि युवाको सशक्त भूमिकालाई पुष्टि गर्छन् ।

इतिहासका विभिन्न कालखण्डमा युवाको योगदानबाट निर्णायक चरणमा पुगेका आन्दोलनहरूको जगमा उभिएर कोरिँदै गरिएको संविधानले भने किन यो मर्मलाई आत्मसात गर्न सकेन ? सायद माथि भनिए जस्तै आन्दोलनको बलमा सत्ता र संसदमा पुगेपछि राज्यको चस्मा लगाएर हेर्दा युवालाई श्रमिक कामदार र उरन्ठेउलो जमातभन्दा बढ्ता देखिएन कि ?

अन्तरिम संविधानका केही भाषा गोलमटोल नै थिए । जस्तो कि युवालाई रोजगारीको हक हुनेछ र कानुन बनाएर त्यसको कार्यान्वयन गरिनेछ । तर आजको मितिसम्म कानुन बनाउने प्रक्रियाले मूर्तरूप लिइसकेको छैन । त्यही भाषालाई दोहोर्‍याउने काम प्रस्तावित मस्यौदामा भएको छ । उचित कानुन र वातावरणको अभावमा अन्तरिम संविधान बनेदेखि हालसम्म १५ लाखभन्दा बढी युवा अरबको बाटो तताउन बाध्य भए, जसको निरन्तरता नै हुने देखिन्छ ।

मौलिक हक र कर्तव्यमा ३० वटा हक र कर्तव्यहरूको ब्याख्या गरिएको छ, जसमा युवालाई प्रत्यक्ष रूपमा छुने शिक्षा, स्वास्थ्य, रोजगारी, श्रमसम्बन्धी हक छन्, तर तिनमा युवा भन्ने भाव र शब्दलाई नजोडिएको हुँदा बालबालिका र ज्येष्ठ नागरिकसम्बन्धी हक र कर्तव्य हुनुपर्ने तर युवाको कुनै हक र कर्तव्य हुनु नपर्ने किन ?

सहभागिताकै प्रश्नमा हेर्ने हो भने हाम्रा दलहरूभित्रै युवाहरूले आफ्नो स्थानको लागि संघर्ष गर्नुपर्ने र कहिलेकाहीं केही भूमिका पाइहाले पनि गुटको लहरामा झुन्डिनुपर्ने अवस्था विद्यमान छ । संविधानको मस्यौदामा निर्देशक सिद्धान्तभित्र युवाको सहभागिताका गरिएको मोटो र कार्यान्वयन तत्काल गरिहाल्न नपर्ने प्रावधानलाई एक हदसम्म स्वागतसँगै के प्रश्न गर्नुपर्ने हुन्छ भने राज्यले खोजेको हाल हुँदै आइरहेको ‘टोकने’ सहभागिता हो ? या युवाको नेतृत्वदायी भूमिका हो ?

मताधिकारको हक र विभिन्न तहका संरचनाहरूमा भूमिकाको सन्दर्भमा हेर्दा १६ वर्षको उमेरमा नागरिकता पाउने तर मताधिकारको प्रयोग गर्न किन १८ वर्ष कुर्नुपर्ने हो ? यससँगै जोडिएको विषय वैदेशिक रोजगारको सिलसिलामा देशबाहिर रहेका ३० आंै लाख युवाको मताधिकारको प्रश्नलाई पनि सम्बोधन गरिनुपर्ने हुन्छ । युवा नेतृत्वको सन्दर्भमा रहेको एउटा मान्यता ‘यदि कसैले चुन्न सक्ने क्षमता राख्छ भने चुनिन सक्ने पनि हैसियत राख्छ’ को कसीबाट सोच्दा स्थानीय सरकार, प्रादेशिक सरकार, तल्लो सदन र माथिल्लो सदनमा चुनिनका लागि उम्मेदवारीको भिन्नाभिन्नै प्रावधान

राख्नुपछिको वैज्ञानिक र राजनीतिक आधार देखिँदैन । हालको प्रावधानअनुसार नै १८ वर्षको उमेरमा कसैले चुन्न पाउँछ भने उसले चुनिनको लागि प्रतिस्पर्धा गर्नचाहिंँ किन नपाउने हो ? प्रतिस्पर्धा गर्दैमा चुनिन्छ नै भन्ने होइन । तर युवाको नजरबाट हेर्दा राज्यले क्षमतावान युवालाई चुनिन र आफ्नो क्षमताको प्रयोग गर्नका लागि उमेरको आधारमा कुनै विभेद गरिएको छैन भन्ने सन्देश दिन कन्जुस्याइँ गरिएको छ ।

अन्तरिम संविधानमा रहेको प्रावधान यौन तथा प्रजनन स्वास्थ्यको अधिकारलाई प्रस्तावित मस्यौयामा हटाइनु, नागरिकताको विषयमा महिलाको दृष्टिकोणबाट हेर्दा राज्य उदार हुन नसक्नु केही समस्या छँदैछन् । यससँगै शासकीय स्वरूपमा धेरै युवाहरूको झुकाव र लगाव भनेको मुलुकको कार्यकारी आफैंले प्रत्यक्ष चुन्न पाउनुपर्ने व्यवस्था हो, जसलाई वर्तमान मस्यौदाले बन्देज गरेको छ ।

केही अन्तर्राष्ट्रिय अभ्यासहरू हेर्दा पछिल्ला अवधिमा संविधान बनेका केही विकासोन्मुख देशहरू जस्तै पूर्वी टिमोर, केन्या, दक्षिण सुडान लगायतका मुलुकले युवाको हक, सहभागिता र भूमिकालाई केन्द्रीकृत गरी छुट्टै व्यवस्था गरेका छन् । नेपालका लागि ती गतिला सन्दर्भ सामग्री हुनसक्छन् ।

संविधान एउटा राजनीतिक र कानुनी दस्तावेज हो, कुनै सरकारको नीति–कार्यक्रम पक्कै होइन । यसर्थ सबै विषय अट्नैपर्छ भन्नु जायज पनि होइन । तर ४० प्रतिशत युवाहरूको भावना र आकांक्षाको छाया संविधानमा हुनुपर्छ, त्यो चाहे प्रस्तावनामा युवाको योगदानलाई स्वीकारेर होस् वा युवाको हक, अधिकार, जिम्मेवारी र प्रतिनिधित्वलाई उचित व्यवस्था गरेर– जुन विषय प्रस्तावित मस्यौदा संविधानमा परेको छैन ।

बब्रिम युवा संस्थाहरूको छाता संस्था नेपाल युवा संस्था सञ्जाल (आयोन) सँग आबद्ध छन् ।

July 28, 2015 at 6:39 am

सकरात्मक युवा विकास र हाम्रो प्रयत्न

Shiv



शिवप्रसाद शर्मा
युवा शक्ति राष्ट्रको अमूल्य सम्पत्ति हो । युवाहरू आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक रूपान्तरणका अग्रदूत तथा परिवर्तनका संवाहक शक्ति हुन् । मनमा जोश,उमङ्ग, ज्ञान, सिप, साहस र सामथ्र्यले युवा वर्ग वर्तमानमा विकासको साझेदारको रुपमा जिम्मेवारी वहन गर्न क्षमता राख्दछ । सिर्जनशीलता, सिक्ने क्षमता एवं उच्च आत्मविश्वासका कारण यो वर्ग राष्ट्रको प्रमुख धरोहरको रूपमा रहेको हुन्छ जसलाई राष्ट्र निर्माणमा प्रमुख शक्तिका रुपमा समेत परिचालन गर्न सकिन्छ । युवा वर्गको विकास र विकास क्षेत्रमा सकरात्मक युवा पुस्ताको निमार्ण विना राष्ट्रको दिगो विकास योजना अगाडी वढ्न सक्दैन । सकरात्मक युवा विकास राष्ट्रिय देखी स्थानिय समुदाय तह सम्म युवा मैत्री वातावरण र युवा सहभागितात्मक विकास प्रक्रियासँग सम्वन्धीत छ । यो सत्य वुझ्न, स्थापित हुन र सो अनुरुप परिवर्तन हुन समय लाग्ने अवस्था सम्म राष्ट्रिय विकासको अभियान पछाडी परिरहने छ । विश्वका विकसित राष्ट्रको विगतलाई हेर्ने हो भने राजनीतिक परिवर्तन पछि राष्ट्रिय गुरुयोजना तयार परी युवा नेतृत्वलाई जिम्मा लगाइएको अवस्था छ । युवाको नेतृत्वमा राष्ट्रको विकास भएको छ । उदारहण लागी दक्षिण कोरिया, थाइल्याण्ड, फिलिपिन्स, भारत, चिन, मलेसिया आदी लिन सकिन्छ । विश्वका अमेरिका, क्यानडा, अष्ट्रेलिया तथा विभिन्न युरोपीय राष्ट्रहरुमा सकरात्मक युवा विकास राज्यको एक महत्वपूर्ण दायित्वको रुपमा स्थापति भइसकेको पाउन सकिन्छ तर हाम्रो जस्तो विकासोन्मुख, शक्ति र शक्ताको अभ्यासमै बाटो विराएको राजैनीतिक अस्थीरता भएको राष्ट्रमा विकासका अभियानहरु दिगोपन गराउने सुचकाङ्कहरुमा राज्य संचालकहरु को इच्छाशक्ति जाग्नु धेरै टाढाको कुरा रहेको छ । अझै विकास अभियान निति तथा योजना तर्जुमामा राजधानी केन्द्रित सोच एक पद्दती र संस्कार बनेर रहेको हाम्रो राष्ट्रमा अन्य विकासका प्राथमिकताहरुलाई छाडेर राजधानीबाट निकै टाढाका दुर दाराजमोफसलमा युवाको विकासका क्षेत्रमा ध्यान पुग्ने कुरा पक्कै पनि चुनौतिपूर्ण रहेको छ ।

वर्तमान सन्दर्भमा नेपालमा युवा वर्गको सवाल त्यती धेरै मात्रामा नसुनीने, नसुनाइने र निति निर्माता वर्गमा त्यती रुचिकर नरहेको विषय वस्तुका रुपमा लिन सकिन्छ । समग्र नेपाली जनसंख्या मध्य पूर्णतया जोखिममा परेको वर्गको रुपमा युवा वर्ग नै हो । मुलुकको राजनैतिक, सामाजिक, आर्थीक तथा अन्य सवालमा शसक्त भुमिका खेल्ने युवा वर्ग वास्तवमा आफ्नै विकास र भुमिकाका क्षेत्रमा पछि पारिएका छन् र वेवास्तामा परेका छन् । आजभोली राजधानी केन्दीत थुप्रै युवा संघ संस्थाहरु ले ‘Youth Bias Youth Advocacy’ को सिद्धान्तमा आधारित भएर कार्यक्रमहरु गर्नुका साथै विकासमा युवाको सक्रिय सहभागीता, निति निर्माणको तहमा युवाको भुमिका र नेतृत्वको हरेक तह र तप्कामा युवा नेतृत्वको स्थापीत हुनु पर्ने पक्षमा वकालत गरिरहेका छन् । तथापी पर्वत जस्तो राजधानीबाट टाढा र मोफसलमा रहेको क्षेत्रमा युवा वर्गको मुद्धा, चासो र चिन्तन आम नागरिक समाजको क्षेत्रमा समेत रुची जगाउन नसकिइरहे विषयको रुपमा रहेको छ ।

नेपालमा १० वर्ष लामो हिंसात्मक द्धन्द अनि शान्तीपूर्ण राजनैतिक परिवर्तन पश्चात संविधान सभा मार्फत नयाँ संविधान र दिगो शान्तीको प्रत्याभुतीद्धारा सामाजिक तथा आर्थीक विकासको अवसर प्राप्त हुनेछ भन्ने जनविश्वासका विच संविधान निमार्णको दिन गन्तीहरु सँगै संक्रमणकाल लम्वीँदै जाँदा युवा वर्गमा निराशा, हतोत्साह तनावको कारण बनिरहेको छ । एकातिर राज्यले युवा वर्गको हितमा निति निर्माण र कार्यक्रम तय गरि युवा शक्ति जोश र जाँगर लाई राष्ट्र निमार्णको महत्वपूर्ण क्षेत्रमा लगाई उत्पादनशिलता हाँसिल गर्न सकिरहेको छैन भने अर्का तर्फ वढ्दो युवा शक्तिको पलायनलाई रोक्नुको सट्टा वैदेशिक रोजगारीका लागी पररष्ट्र सम्झौता गर्दै हिड्नु पर्ने नियतीको धारतलमा हाम्रो राज्य सरकार उभिइरहेको छ । आज राज्यको निति निर्माण गर्ने जवाफदेही राज्नैतिक इच्छा शक्तिको अभावमा युवा वर्ग कुहिरोको काग जस्ता भएका छन् । निरुपाय युवाहरु विभिन्न देशका निम्न स्तरका श्रमीक पदमा श्रम वेच्न वाध्य भएका छन् । कमसे कम राज्यको नियती नै मुलुकका युवा वर्गलाई विदेशमा श्रम वेच्न निकासी गर्ने भुमिका बाट अगाडी बढ्न नसक्ने हो भने पनि सो क्षेत्रलाई अलि व्यापक वनाउँदै श्रम र सिप युक्त जनशक्तिका रुपमा युवालाई वैदेशिक रोजगारीमा पठाउँदा हुने उत्पादनशिलता र आम्दानी वढी हुन सक्दछ । युवालाई विदेशमा श्रम व्यापार गर्ने वाध्यतामा राज्यको प्रयासले सहि सहजीकरण मात्रले पनि स्थितीमा थुपै्र परिवर्तन ल्याउन सक्दछ । चलन चलतीको कोरा ज्ञान युक्त शिक्षा पद्दतीमा परिमार्जन गरेर श्रमवजार सुहाउँदो सर्वसुलभ व्यवहारीक ज्ञान र सिप युक्त प्राविधिक शिक्षा सहितको पाठ्यक्रमलाई अनिवार्य गर्न समेत राज्यले सकिरहेको छैन । प्रविधिक शिक्षालाई ऐच्छीक विषयका रुपमा कता कती देखाएर सो शिक्षा पद्दतीमा कमाइ धन्दा गर्नेहरुलाई मार्ग प्रसस्त गर्ने कार्यमा राज्यका जिम्मेवार अधिकारी र निकाय लाग्दा परिवर्तनको आशा निकै ढिला भइसकेको छ । समय र लगानी खेरै गइरहेको छ । सरसर्ती राज्य भित्रका प्रयासहरुमा हेर्दा देशमा युवा मैत्री विकासको प्रयास र अवस्था शुुन्य प्राय देखिन्छ । राष्ट्रय युवा निति २०६६ आएको ५ वर्ष पुरा भएको छ । यो नीति लागू गर्न र युवा क्षेत्रमा राज्यका प्रयासहरु दिगो गर्नका निम्ती प्रसस्त समयावधि हो । युवा निति लागु भए पछि झिनो पाराले विभिन्न विधामा युवा वर्ग लक्षीत कार्यक्रको सुरुवात भएको पनि देखिन्छ । तर अधिकांश युवा लक्षीत भनेर ल्याइएका कार्यक्रममा समेत कि त गैर युवा वर्गको हालीमुहाली हुँदा समेत नियमक निकायको ध्यान पुग्दैन कि त शक्तासिन राजनैतिक दलले सिधा सिधा आफ्ना सिमीत कार्यकर्ता पाल्ने उद्देश्यले सो कार्यक्रम ल्याएका हुन्छन जसले आम युवा वर्गमा अपनत्व हुने गरि प्रभावकारीता दिन सक्दैनन् । त्यसैले युवाका नामामा यदा कदा हुने गरेका यि प्रयासहरुको कार्यान्वयन पक्ष के कस्तो रुपमा कति प्रभावकारी रहयो समिक्षाको विषय हुनु पर्छ । यती प्रयासले मात्रै राज्यको विकासको प्रमुख संवाहक शक्तिका उपर राज्यको दायित्व पुरा भयो कि भएन ? यस प्रश्नको उत्तर राज्यमा भइरहेका यावत विकासका प्रयासहरुमा दिगोपना र भावि पुस्ताले अपनत्व प्रकट गर्ने अवस्थाको स्तरको मापन कसी समेत हो ।
२४ वर्षको पुस्तान्तर हुने गरि १६ देखी ४० वर्ष उमेर समुहलाई एकै डालोमा राखेर युवाको परिभाषा गरेको युवा निति आफैमा एक औपचारिका मात्र हो भन्ने पनि पुष्टि हुन्छ । तै पनि १६ देखी ४० वर्ष उमेर समुहको युवा वर्ग अवसर पाएमा उत्पादनशिलता र विकासका महत्वपूर्ण क्षेत्रमा योगदान गर्न सक्ने उमेर समुह भने हो । नेपालमा १६–४० वर्ष उमेर समूहको जनसंख्या कूल जनसंख्याको ३८.८५ % रहेको छ । नेपालबाट दैनिक सरदर एक हजारको संख्यामा युवा वैदेशिक रोजगारको लागी बाहिरीने गर्दछन भने सोही अनुपातमा पर्वत जिल्लामा पनि सरदर १२ जना युवाले वैदेशिक रोजगारी प्रयोजनका लागी राहदानी फारम भर्ने गर्दछन् । पर्वत जिल्लामा वि.सं २०६८ को जनगणना तथ्याङ्क अनुसार पेशागत परिवार संख्या कृषि पेशामा आश्रीत ५१ % व्यापारमा ६% नोकरीमा २०% वैदेशीक रोजगारमा १२% ज्यालादारी ११% रहेकोमासो तथ्याङ्कमा यो अवधि सम्म दिगो आर्थिक व्यवस्थाको दृष्टिकोणबाट निकै नकरात्मक परिवर्तन आइसकेको अनुमान मात्रै गर्न सकिन्छ । राज्यले निति निर्माण र कार्यक्रमवाट कति मात्रामा यस वर्गलाई सम्वोधन गर्न सक्यो र यस वर्गको राष्ट्रिय आयमा कति प्रतिशत योगदान हुने अवस्थाको सृजना हुन सकेको छ त्यो खोजीको विषय हो । गुणात्मक र सङ्ख्यात्मक दुवै दृष्टिले युवावर्ग राष्ट्रको मेरूदण्ड भएकोले युवाहरूको सर्वाङ्गीण विकास गरी उनीहरूको क्षमतालाई राष्ट्रिय विकासको मूलधारमा ल्याउनु जरूरी भएको कुरा राष्ट्रिय युवा निति २०६६ ले पनि स्पष्ट पारेको छ । युवा नितिले निर्देशीत गरे अनुरुप राज्यका कुन कुन क्षेत्रमा कतिमात्रामा युवा मैत्री विकासका प्रयास भएका छन ? कति व्यवहारीक प्रयासहरु रहे ? कति कागजी रुपमा रहे सो को स्पष्ट लेखा जोखा हुनु जरुरी रहेको छ ।
स्पष्ट आवश्यकता र प्रयास विचको भिन्नता तथा साधन स्रोतको प्रचुरताले दिएको संभावना र व्यवहारीक उपयोग विचको भिन्नता पत्ता नलाग्दा सम्म कुनै ठोस विषय क्षेत्रमा विकासको अवस्था के रहेको छ भनेर किटान गर्न सकिँदैन । समग्र रुपमा युवावर्गका लागी राज्यले के दियो । युवाले राज्यका लागी के कती योगदान दिन सक्ने सामथ्र्य राख्छन यो विषयमा स्पिष्ट निक्र्यौल हुन जरुरी रहेको छ । समग्र युवा क्षेत्रको विकासका लागी भएका प्रयास के कती सफल? के कती नपुग ? र कुन कुन क्षेत्रमा ध्यान र पहल वढाउन सकेमा विकासको लक्ष्य हाँसिल गर्नमा सहजता रहला ? भन्ने सम्मको सिमारेखा स्पष्ट पर्नु पर्ने छ । आगामी दिनमा विकासको दिगो रुपमा संचालन तथा संरक्षणका लागी समेत विकास अभियानलाई सकरात्मक रुपमा ग्रहण गर्न सक्ने युवा पुस्ता र विकासका प्रक्रियामा साथसाथै सहभागी र सहकार्य गर्न सक्ने युवा मैत्री वातावरण निर्माणका लागी आम विकास प्रेमी मनहरु र नागरिक वुद्धिजीवीहरु ले हरेक सोचाई, योजना र कार्यान्वयनमा युवा पक्षीय धारणा विकास गर्न जरुरी रहेको छ ।

May 5, 2015 at 9:18 am

Nepal Tourism Year 2011

Nepal Government has announced “Nepal Tourism Year 2011” to bring into at least one million international tourists in Nepal by the year 2011 and spread the benefits of tourism to the people at large.the government is placing high priority on the tourism sector in its new economic development policy. As there is a favorable political situation in the country, the government is all geared towards economic revolution in next 10 years for the up-liftment of the masses.

The natural scenery, high mountains, incomparable cultural heritage and numerous specialties have made Nepal a well-known destination in the world tourism map with a distinct image of its own. However, the development of tourism is limited in number and within the certain areas of the country only. The new government has shown greater concerns about the real value of tourism and its role in contributing to economic growth, poverty alleviation, equity and overall tourism development in the country.

With the glittering badge of adventure destination and the adage “Atithi Devo Bhava” (Guests are Gods) that reflects “Atithi Satkar, Nepaliko Sanskar” (Hospitality is Nepalese culture) deeply rooted in our culture, the tourism products of Nepal never cease to mesmerize the visitors. The cultural, geographical, ethnic and bio-diversities of the country allure international visitors to Nepal time and again which truly substantiates the spirit of Nepal tourism brand; ‘Naturally Nepal, once is not enough !

The concept of Nepal Tourism Year 2011 envisions harnessing these opportunities and strengths and bringing together the commitment of the government, expertise and experiences of the organizations like Nepal Tourism Board, aptitude and dynamism of the private sector and communities for further tourism development in the country. Active involvement of the major political parties, members of the Constitution Assembly and Right groups is always taken into consideration in order to make the campaign inclusive and participatory in modus operandi and effective in result. The campaign will also focus on mobilizing the networks of the Non-Resident Nepalis (NRN) communities, Nepalese diplomatic missions abroad, I/NGOs, airlines, and national and international media. Similarly, friends and well-wishers of Nepal, tourism academicians and celebrities will also be approached in order to highlight the campaign internally as well as internationally. This is also called Visit Nepal Year 2011

FOR DETAIL-PLEASE VISIT http://www.nepaltourism2011.info/

December 23, 2010 at 3:22 pm

“Nepal Varsities, colleges will be converted into Barracks”: Prachanda -UNFORTUNE TO NEPALI YOUTHS

Prachanda's Dream For Naya(New) Nepal

Chairman Pushpa Kamal Dahal alias Prachanda of Unified Maoists’ Party threatened that his party will convert the entire Nepal Universities and Colleges into Barracks and Students into Military forces if the reactionary elements do not stop conspiring against the revolutionary changes gained in the recent years.

He made the threat loaded statement at the inaugural session of General Convention of All Nepal National Independent Student Union-Revolutionary (ANNISU-Revolutionary), December 10, 2010.

The ANNISU-Revolutionary is the student wing of the Unified Maoists’ Party.

“In order to achieve the successful completion of the revolution”, said Dahal, “We need the support of the students once again”.

The General Convention of the students is being held at the Tribhuwan University premises in Kirtipur, Kathmandu.

“If you do not come forward militarily, we cannot bring an end to the revolution we are carrying out”, he continued.

“I would want you to remain in a prepared state”, he told the students.

Prachanda’s fresh call has created panic among the liberal and the democrats which may hasten the process of the formation of a broader democratic alliance as is being suggested by Surya Bahadur Thapa.

December 12, 2010 at 5:58 pm

Education budget up this year

Experts say no new programmes to enhance quality

KATHMANDU: Educationists today expressed dissatisfaction over the programmes mentioned in the budget allocated for education sector.

They said though allocation is higher this year, the programmes have been repeated and are teacher-focused, not student-focused.

In the budget speech on Sunday, the government allocated Rs 57.65 billion for the education sector, which is 17.1 per cent of the total budget. This amount marks an increment of 24.5 per cent in comparison to last year’s budget.

Educationist Mana Prasad Wagle said, “Though the government has allocated huge amount to education this time, its programmes are no more than continuation of previous years, apart from providing internet facilities to schools.”

He said, “Launching Internet in schools is a highly ambitious programme because Internet facilities are not possible without appropriate infrastructure.” He also reiterated that the implementation part should be strengthened to achieve success of the existing programme.

“The implementation part is very weak in our country therefore despite the huge budget, the outcome in terms of education quality could be insignificant.”

According to international standard, out of total budget in the education sector, 70 per cent should be spent on teachers while 30 per cent be invested on construction. Dr Bidhyanath Koirala reiterated that the budget did not bring new programmes to enhance education quality.

He stated that more budget had been allocated for higher secondary education this time. He said school merger, school mapping, scholarship extension, school handover programme and increment in Child Development Centres were all a part of last year’s programme.

Student Marching Towards School

December 12, 2010 at 4:06 pm

WWF Nepal’s Youth Tiger Ambassadors in Russia

© WWF Nepal
WWF Nepal’s Youth Tiger Ambassadors Pradeep Rijal and Kabita Kunwar, before leaving Kathmandu to participate in the Youth Tiger Summit to be held in Vladivostok, Russia from 18-24 November, 2010
The International Tiger Conservation Forum is expected to be a most significant meeting for tiger conservation with participation by Heads of States of tiger range countries. The Forum will prepare the Global Tiger Recovery Program to double the number of tigers in the wild by 2022 (the next Year of the Tiger).

The International Youth Forum organized by WWF will take place from 18-24 November 2010 in Vladivostok, home to the Amur tiger, at the same time as the high level meeting. Youth from various tiger range countries will participate in this Youth Forum and help draw further attention to the importance of tiger conservation and convey the concern of the future generation on the plight of this species.

WWF Nepal has selected two students, Kabita Kunwar and Pradeep Rijal who will represent Nepal at this Youth Forum. The Youth Ambassadors will visit Siberian tiger trails and get a first hand account of the state of wild tiger populations in Russia and measures being taken for their conservation. They will also develop a Youth Declaration on tiger conservation, which will be presented to the Tiger Forum, via video- conference between Vladivostok and St. Petersburg.

Kabita Kunwar hails from Jagatpur, situated in the Buffer Zone of Chitwan National Park, home to the highest tiger population in Nepal. She is a Grade 11 student of Orchid Science College, Chitwan and an active member of the WWF Eco Club. Her Eco Club led a massively successful Signature Campaign to raise awareness on Rhino and Tiger Conservation in 2006. “The Earth is home to every living being. Human beings should take responsibility for the conservation of wildlife as they are the ones who are now destroying the habitats of wildlife like tigers. I see the Youth Tiger Forum as a great opportunity to raise my voice in the world for the preservation of tigers and other biodiversity,” said Kabita, before leaving for Russia.

Pradeep Rijal, from Thakurdwara, situated in the Buffer Zone of the Bardia National Park, is a Bachelors level student of Madya Paschim Multiple Campus, Nepalgunj. The Eco Club he was leading received the prestigious Abraham Conservation Award in 1999. “I have been devoting my time to preserve tigers since my childhood. I have great interest in this area. I want to conduct research in this field as well. So, I am looking forward to participating in the Youth Forum so that I can collect invaluable experiences and knowledge,” said Pradeep.

At the Youth Forum, the two Nepali Youth Tiger Ambassadors will make a presentation on present tiger conservation status in Nepal and also perform a special play titled “Greed of Wealth” based on tiger conservation efforts in Nepal.

December 10, 2010 at 6:42 am

Older Posts


Our Storage

Day Count-Down

June 2017
S M T W T F S
« Aug    
 123
45678910
11121314151617
18192021222324
252627282930  

Enter your email address to subscribe to this blog and receive notifications of new posts by email.

Join 2 other followers

Blog Stats

  • 1,471 hits

Top Clicks

  • None

%d bloggers like this: